शहिदनगर नगरपालिकाका जनप्रतिनिधिले बुझाए सरकारी गाडी

  • वैशाख १०, २०७९
  • ८५८ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुर बैशाख ९ गते । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन बुझाएका हुन् । मेयर बरबरियाले प्रयाेग गर्दै आएकाे प्रदेश न.०२ ००२-०००१ नम्बरकाे चार पाङ्ग्रे गाडी( स्कोर्पियो) फिर्ता गरेका हुन् । बिहीवार दिउँसो बरबरियाले प्रमुख प्रशाकिय अधिकृत रामकिशोर महतोलाई गाडीकाे साचो हस्तान्तरण गरेका हुन् । आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे मेयर बरबरियाले वताए । उनीसँगै सवै वडा अध्यक्ष,वडा सदस्यहरुले समेत आफूले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् । वैशाख ३० गत्ते हुन गईरहेको स्थानीयतहको निर्वाचनमा भागलिन गाडी र उनीहरुले प्रयोग गर्दै आएको सामाग्रि बुझाएका हुन् । निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले सो अगावै जनप्रतिनिधीहरुले आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१