शहिदनगर नगरपालिकाका जनप्रतिनिधिले बुझाए सरकारी गाडी

  • वैशाख १०, २०७९
  • ५३१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

जनकपुर बैशाख ९ गते । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन बुझाएका हुन् । मेयर बरबरियाले प्रयाेग गर्दै आएकाे प्रदेश न.०२ ००२-०००१ नम्बरकाे चार पाङ्ग्रे गाडी( स्कोर्पियो) फिर्ता गरेका हुन् । बिहीवार दिउँसो बरबरियाले प्रमुख प्रशाकिय अधिकृत रामकिशोर महतोलाई गाडीकाे साचो हस्तान्तरण गरेका हुन् । आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे मेयर बरबरियाले वताए । उनीसँगै सवै वडा अध्यक्ष,वडा सदस्यहरुले समेत आफूले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् । वैशाख ३० गत्ते हुन गईरहेको स्थानीयतहको निर्वाचनमा भागलिन गाडी र उनीहरुले प्रयोग गर्दै आएको सामाग्रि बुझाएका हुन् । निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले सो अगावै जनप्रतिनिधीहरुले आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१