लहानको लक्ष्मण ललिता माध्यमिक बिधालयमा ४ कोठे पक्की भवनको मेयर साह द्वारा सिल्यानास

  • चैत २३, २०७८
  • ९३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ चैत - सिरहाको लहान स्थित रहेको लक्ष्मण ललिता माध्यमिक बिधालयमा ४ कोठे पक्की भवन बन्ने भएको छ्।एक कार्यक्रमको आयोजना गरी हिन्दु परम्परा अनुसार लहान नगरपालिकाको मेयर साह द्वारा सिल्यानास भएको छ्।बिधालय ब्यवस्थापन समितिको अध्यक्ष राम नारायण महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहानका मेयर मुनि साह रहनु भएको थियोे। बिशिस्ट अतिथिमा पुर्व मन्त्री लक्ष्मण मेतहा,पशुपति आदर्श उच्च माद्यामिक बिधालयको भुपु प्राध्यापक बिश्वनाथ महतो,अतिथिहरुमा एमाले नेता बिरेन्द्र चौधरी,सोही स्कुलका प्राध्यापक शिव शंकर महतो,भुपु बिधालय ब्यव्यवस्थापन समितिका अध्यक्ष फुलेश्वर महतो,महेश कुशवाहा, लहान ३ का वाडा अध्यक्ष राम दियाल महतो,लगायत लहान नगरपालिकाको दर्जनौं बिधालयको प्राध्यापकहरुको उपस्थिति रहेका थिए। मेयर मुनि साहले निर्माण हुन् लागेका भवनको हिन्दु परम्परा अनुसार सिल्यानास गरिएको छ्।उक्त स्कुलले गुणस्तरीय शिक्षाको नाउँमा चर्चित बिधालय अन्तर्गत पर्ने गरेको छ। बिधालयले दिन प्रति दिन स्तर उन्ती गर्दै शिक्षामा राम्रो बिकास गरिएको स्थानीय फुलेश्वर महतोले बताए।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१