ताजा समाचार

शहिद सुर्यनाथ रान डुमरिया अस्पताल चाँडै संचालनमा आउने

  • चैत २२, २०७८
  • १४१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२२ चैत,जनकपुरधाम । भवन निर्माण भएर पनि अस्पताल संचालन हुन नसकेको धनुषाको शहीदनगर नगरपालिकास्थित शहीद सूर्यनारायण रान जिल्ला अस्पताल चाँडै संचालनमा आउने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको टोलीले यो अस्पताल चाँडै संचालमा ल्याउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधीसभा सदस्य उमाशंकर अरगरियाको पहलमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वमा आएको टोलीले अस्पताल भवनको अनुगमन गरेका हुन् । अनुगमन गर्दै डा. लोहनीले चाँडै अस्पताल संचालन हुने प्रतिकृया दिए । ‘भवन निर्माण भइसकेको छ । बेड, एक्सरे मेसिन र ल्याब उपलब्ध गराएर चाँडोभन्दा चाँडो यो अस्पताल संचालनमा ल्याउँछौं’ उनले भने । उनले तत्काल सय बेडको अस्पताल संचालन गर्न आफूले पहल गर्ने बताए । शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले अस्पताल संचालनमा ल्याइदिन डा. लोहनी नेतृत्वको टोलीसँग आग्रह गरे । उनले आफूले पनि यसमा सकेसम्म सहयोग गर्न तयार रहेको भन्दै यस क्षेत्रका जनताको मर्का बुझिदिन आग्रह गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं धनुषा इन्चार्ज श्रवण बरबरियाले अस्पताल संचालनमा आएपछि यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा सहज पुग्ने बताए । उनले गम्भीर भएर ध्यान दिन मन्त्रालयका प्रतिनिधीसँग आग्रह गरे ।

यो अस्पतालको भवन ६ बर्षअघि नै निर्माण भएको हो । भवन बनाउन स्थानीय गाउँलेले आ–आफ्नो जग्गा प्रदान गरेका छन् । जग्गा प्रदान गरेपछि सरकारको रु ४ करोडको लगानीमा भवन निर्माण भएपनि अस्पताल संचालन हुन नसक्दा स्थानीयबासी चिन्तामा परेका छन् । यद्यपी स्वास्थ्य मन्त्रालयको आश्वासनले यो अस्पताल चाँडै संचालनमा आउने विश्वास उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤