शहिद सुर्यनाथ रान डुमरिया अस्पताल चाँडै संचालनमा आउने

  • चैत २२, २०७८
  • १२१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२२ चैत,जनकपुरधाम । भवन निर्माण भएर पनि अस्पताल संचालन हुन नसकेको धनुषाको शहीदनगर नगरपालिकास्थित शहीद सूर्यनारायण रान जिल्ला अस्पताल चाँडै संचालनमा आउने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको टोलीले यो अस्पताल चाँडै संचालमा ल्याउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधीसभा सदस्य उमाशंकर अरगरियाको पहलमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वमा आएको टोलीले अस्पताल भवनको अनुगमन गरेका हुन् । अनुगमन गर्दै डा. लोहनीले चाँडै अस्पताल संचालन हुने प्रतिकृया दिए । ‘भवन निर्माण भइसकेको छ । बेड, एक्सरे मेसिन र ल्याब उपलब्ध गराएर चाँडोभन्दा चाँडो यो अस्पताल संचालनमा ल्याउँछौं’ उनले भने । उनले तत्काल सय बेडको अस्पताल संचालन गर्न आफूले पहल गर्ने बताए । शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले अस्पताल संचालनमा ल्याइदिन डा. लोहनी नेतृत्वको टोलीसँग आग्रह गरे । उनले आफूले पनि यसमा सकेसम्म सहयोग गर्न तयार रहेको भन्दै यस क्षेत्रका जनताको मर्का बुझिदिन आग्रह गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं धनुषा इन्चार्ज श्रवण बरबरियाले अस्पताल संचालनमा आएपछि यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा सहज पुग्ने बताए । उनले गम्भीर भएर ध्यान दिन मन्त्रालयका प्रतिनिधीसँग आग्रह गरे ।

यो अस्पतालको भवन ६ बर्षअघि नै निर्माण भएको हो । भवन बनाउन स्थानीय गाउँलेले आ–आफ्नो जग्गा प्रदान गरेका छन् । जग्गा प्रदान गरेपछि सरकारको रु ४ करोडको लगानीमा भवन निर्माण भएपनि अस्पताल संचालन हुन नसक्दा स्थानीयबासी चिन्तामा परेका छन् । यद्यपी स्वास्थ्य मन्त्रालयको आश्वासनले यो अस्पताल चाँडै संचालनमा आउने विश्वास उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

औरही गाउँपालिकाको १३ ...

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा ...

औरही गा.पा.मा प्रशास ...

ओम प्रकाश यादव लहान असार ११ । सिरहा जिल्लाको दक्षिणी सीमासंगै जोडिएका औरही गाउँपालिकामा आज विशेष कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१