चैत्र २० गते देखि रोजा (व्रत) बस्ने राष्ट्रीय मदरसा संघ

  • चैत १९, २०७८
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र १९ मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान चैत्र २० गते देखि शुरु हुदै छ भन्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारि गरेको बताएको छ। पवित्र महिना रमजानमा मुस्लिम धर्मावलंबीहरु रमजान महिनाको १ गते देखि २९/३० गते सम्मा रोजा (व्रत) बसी इबादत (अल्लाह संग प्रार्थना) र आफुले गरेको गल्तीहरुको पश्चाताप गरि क्षमायाचना अल्लाह संग मांग्ने गर्छन। साथ साथै गरिब परिवारहरुमा दान दक्षिणा (सदका जकात) समेत वितरण गर्छन। जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको रमजान महिनामा रोजा (व्रत) बस्ने समयसरणी अनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नु पर्छ। छिमेकी मित्र राष्ट्र भारतको बिभिन्न‌‌ शहरमा रमजान महिनाको चन्द्रदोदय देखिएको कारणले नेपालमा पनि चैत्र १९ गते तराबिह नमाज पढ़ने र चैत्र २० गते देखि व्रत बस्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले दिएको छ।

राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार यसपाली नेपालमा कोभिड१९ महामारी न्युन रहेको कारणले धार्मिक स्थलहरु खुल्ला रहेको छ। यो पवित्र महिना रमजानको इबादत (प्रार्थना) गर्नको लागि मस्जिदमा पुगी बढ़ी बन्दा बढ़ी इबादत गर्नको लागि अनुरोध गर्दै पवित्र महिना रमजानको मुबारक बाद समेत दिएका छन। पवित्र रमजान महिनामा इबादत गर्नाका साथ साथै आआफुले बर्ष भरि कमाएको हलाल रुपयामा २.५% जकात (दान) दिई गरिब परिवारहरुको सहयोग गर्ने र यो बर्ष मस्जिदहरुमै पुगी तराबिह नमाज पढ़ने र अन्य इबादतहरु (प्रार्थना) गर्ने आग्रह राष्ट्रीय मदरसा संघ नेपालको महासचिव मौलाना मशहुद खां नेपालीले बताएका छन।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१