ताजा समाचार

धरहरा बनाएकोमा गर्व छ, अव जनकपुरधामको सेवा र विकास पनी गर्छु: बलराम महतो

  • चैत १६, २०७८
  • ११८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभाष यादव ,काठमाडौं चैत्र १६ म एक निर्माण व्यवसायीको हैसियतले देशकै महत्वकांक्षी र गौरवको आयोजना धरहरा निर्माण गरें उनले भने, ‘देशैभरिबाट तारिफ र प्रशंसा छ अव म आफनो गाँउ ठाँउको सेवा गर्न चाहेको छु ।’ घरहरा बनाउने अवसर पाउँदा स्वयम गौरवान्वित भएको उनको भनाई छ । त्यस अवसरका लागि देशका शिर्षनेताहरु प्रति उनले धन्यवाद समेत ज्ञापन गरेका छन् । जसरी काठमाण्डौंवासीहरुको सहयोग र सदभावले धरहरा ठडयाए अव सेवामुलक हिसावले जनकपुरधामवासीहरु संग मिलेर सवैसंग हातेमालो गर्दै विकासको काम गर्ने सोच छ । जनकपुरधामको अगुवाई गर्ने पार्टीहरुले विश्वास गरे उनीहरुबाटै चुनाव लड्ने नभए जनताको भावना अनुसार कुनै निर्णय गर्ने सोचमा छन महतो । मेरो एक निर्माण व्यवसायीको परिचय छ, मैले राम्रो काम गरेकै कारण पनि म सफल भएको छु तर अव विसुद्व रुपमा समाजसेवा गर्न चाहन्छु उनले बताए । आफुलाई ठेकेदारको रुपमा मात्र हेरेर व्यवहार भए काम गर्न समस्या हुने उनको तर्क छ । निर्माण व्यवसायीको रुपमा छोराहरु रमन र पवन सफलता पुर्वक अगाडि बढिरहेकाले आफु अव आफनो मातृभुमिको सेवामा लाग्ने इच्छा उनले जाहेर गरेका छन् । जनकपुरधामको अगुवाई गरिरहेको पार्टीले टिकट दिए चुनाव जित्न र काम गर्न पनि सजिलो हुने भएकाले त्यसका लागि पहिलो प्रयत्न गर्ने र नभए जनता माथी छाडने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤