ताजा समाचार

नेपालको हातीबेच्ने पर्साका हातीसहित ३ जना नेपाल प्रहरीको हिरासतमा

  • चैत १२, २०७८
  • ११२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा १२ चैत ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा दुई वटा हातीसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले हात्तीसहित माउते भरतपुर महानगरपालिकाको वडा १८ जितपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, अर्का माउते सोही ठाऊ बस्ने ४० बर्षिय राजु कुमाल र हात्ती बिक्री गर्ने पर्सा पकहामैनपुर गाउँपालिका वडा न ५ सबैठवा बस्ने सफरोज आलमलाई पक्राउ गरेको हो। नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लगिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाको कमांडमा खटेको टोलीले तीनै जनालाई पकहा मैनपुर गाउँपालिकाको वडा न ५ पोखरिया टोलबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ परेका हात्ती र मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने खनालले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤