नियम विपरीत ढाट संचालनमा प्रहरीको संरक्षण

  • चैत १२, २०७८
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १२ चैत्र । पर्सा जिल्लामा नियम विपरीत प्रहरीकै संरक्षणमा ढाट संचालन हुदा भारतीय सवारी साधनहरु मर्कामा पर्न थालेका छन । वीरगंज महानगरपालिकाबाट टेण्डर प्रकृया पुरा गरी ढाट संचालन भएपनि बिभिन्न ठाउहरुमा नियम विपरीत प्रहरीकै संरक्षणमा ढाट संचालन भएको हो । वीरगंज महानगरपालिका भित्र पर्ने आईसीपि, जगरनाथपुर, रजतजन्ती चौक लगायतको ठाउहरुमा नियम विपरीत ढाट संचालन गरी भारतीय सवारी साधन संग रकम असुल गर्ने गरेको गुनासो भारतीय सवारी चालकहरुको रहेको छ । आईसीपि हुदै नेपाल प्रवेश गर्नसाथ मनोमानी ढंगले भारतीय नम्बर सवारी साधनहरुबाट ठेक्काको नाममा दिनहु लाखौ रकम असुल गर्ने गरेको गुनासो भारतीय चालकले पोखेका छन ।

एउटै भारतीय नम्बर गाडीबाट तिन तिन ठाउहरुमा ठेक्काको नाममा रकम उठाइएको भारतीय चालकले आरोप लगाएका छन । वीरगंजको आईसीपि, बहुअरी चौक, जगरनाथपुर र परवानिपुर लगायतको ठाउहरुमा जबरजस्ती भारतीय नम्बर सवारी साधनबाट रकम उठाउने गरेको दुखेसो चालकले पोखेका छन । उनका अनुसार आफुहरु यस बिषयमा स्थानीय प्रहरीमा समेत खबर गर्दा उल्टै प्रहरीबाटै धाकधम्की पाउने गरेको समेत उनले दुखेसो पोखे । शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीले कमिसन बेसमा काम गर्न थालेपछि भारतीय सवारी चालकहरु दिनहु ठगिदै आएको बारे यस कार्यले प्रष्ट समेत पारेको छ । भारतीय चालकहरुका अनुसार आफु पढ्न लेख्न नजानेपनि मनोमानी ढंगले रकमको मांग हुने जति आफुहरु दिन बाध्य भएको बताए । स्थानीय प्रहरी प्रशासन उल्टै ठेकेदारहरुको इशारामा हिड्न थालेपछि बाध्यतावश तिन तिन वटा ठाउहरुमा रकम दिने गरेको भारतीय चालकले स्विकारे ।

नेपाल प्रहरी र ठेकेदारको मिलोमतोमा भइरहेको यस्तो लापरवाहीको बिषयमा हालसम्म कुनैपनि माथिल्लो निकायले ध्यान नपुरयाउदा मुलुको शान्ति सुरक्षा माथि नै प्रश्ण चिन्ह खडा भएको छ । तसर्थ: मुलुकको बदनामी हुन नदिन सबै नेपाली नागरिकको कर्तव्य रहेको कारण यसमा माथिल्लो निकाय गम्भीर हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१