मेयर मुनी र वनको सहकार्यमा लहानमा ग्राभेल उत्खनन्

  • चैत ९, २०७८
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान ९ चैत । सिरहाको लहान नगरपालिकाले नै जिल्ला वन कार्यालयको सहकार्यमा वन फडानीसहित गिट्टी ग्राभेल उत्खनन थालेको छ । अवैद्य रुपमा जिल्ला वन कार्यालयको सहयोगमा लहान नगरपालिकाका मेयर मुनी साहले लहान १६ स्थित जंगलबाट गिट्टी ग्राभेल उत्खनन गर्न थालेको युवा नेता विष्णुलाल साहले बताए । नेता साहले लहान नगरपालिकाको जेसिवी, टिपर प्रयोग गरी दैनिक उत्खनन गरिरहेको छ । उत्खनन रोक्न त्यहाँका स्थानीय वन उपभोक्ताहरुले दवाव दिएपनि टेरपुच्छर गरेका छैन साहले बताए । नदिछेउको जंगलबाट उत्खनन गरेपछि तरेगना गाउँ नै जोखिममा पर्ने अवस्था छ । लहान १६ का वडाध्यक्ष गडुलबहादुर मगरले शुरुमा यसै वडामै बाटो निर्माणको लागि उत्खनन गर्ने भनिएपनि मेयर साहेबको मनपर्दीले ढुँगा गिट्टी निकासी गर्न थालिएको छ । स्थानीय उपभोक्ता आक्रोशित छन् । मेयर साहेव वन कार्यालयको सहकार्यमा उत्खनन गरिरहेको जिकिर गरिरहेको वडाध्यक्ष मगर बताउँछन् । अवैध रुपमा उत्खननसहित वन फडानी भइरहँदा जिल्ला वन कार्यालय आर्थिकलाभमा मौन छन् ।

उता, जनप्रतनिधिकै आडमा तस्करहरूले सिरहाको धनगढीमाइ नगरपालिका वडा नम्बर १३ भरलैनि र खजनपुरिया टोलको वरिपरिको विगहौ विगहा निजी जमिनमा लगाइएको आपको गाछी कटान गरि अवैध रुपमा ग्राईभेल उत्खनन् गरिरहेको छ । नगरपालिकाको अनुमति विना दिन दहाडै तीन वटा स्काभेटर प्रयोग गरी २० देखि ४० वटा सम्म ट्रिफर चल्दा पनि नाकै अगाडी रहेको बडा कार्यालय वेखवर छन् । स्थानीयले वडा र पालिकालाई सूचना दिंदा समेत उल्टै तस्करकै संरक्षण गर्ने गरेको छ । पछिल्लो एक महिनादेखि स्काभेटरले उत्खनन् गर्दै गाँउकै मूख्य सडकबाट दैनिक करिब २ सय ट्रिफर ग्राइभेल ओसारपसार गर्दा पनि स्थानीय जनप्रतिधि र प्रहरी समेतले देखेर पनि नदेखेझै गरेको छ । स्थानीयहरुले वडा अध्यक्ष सुर्यमान तामाङ तथा विष्णुपरकट्टीमा रहेको प्रहरी विटमा पनि बारम्वार खवर गर्दा उनीहरुले टेरपुछ्र नलगाएको स्थानिय पशुपति यादबले जनाए । यता वडा अध्यक्ष सूर्यमान तामाङ्गले आफ्नो कुनै खानी दर्ता नरहेको बताए । आफ्नै वडाबाट यसरी अनियन्त्रीत ग्राईभेल निकाल्दा पनि तपाईहरुले नियन्त्रण नगरेको आरोप छ नि भन्दा वडाअध्यक्ष तामाङ्गले भने, ‘अनुगमन, नियमन गर्ने काम नगरपालिकाको हो, मैले यसमा केही गर्न सक्दिन ।’उनले निजी जमिनबाट निकालेकाले आफूले रोक्न पनि नमिल्ने भन्दै उत्खनन गर्नेहरुकै पक्षमा वडाअध्यक्ष तामाङ्गले वकालत गर्छन् ।

प्रतिक्रिया दिनुहोस

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

“Run for Health, Run ...

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, R ...

बलान विहुलमा पोषण तथ ...

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१