कपिलवस्तुको कृष्णनगरमा २ सय किलोमिटर सडक निर्माण

  • चैत ७, २०७८
  • १२८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर चैत्र ७ कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका भित्र २ सय किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात ग्रामीण क्षेत्रमा सडक सन्जालले गाउँबस्ती जोडेको छ । विकास निर्माणमा पछि परेको कृष्णनगर नगरपालिकामा विकासको कार्यहरु तिब्र रुपले अघि बढिरहेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाले झन्डै ५ बर्षको अवधीमा २ सय किलोमिटर सडक निर्माण गरेको छ । कृष्णनगरमा ६.५ किलोमीटर कालोपत्रे, ६० किलोमीटर आरसिसि, ६० किलोमिटर पिसिसी सडक निर्माण गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । कोभिडले गर्दा विकास निर्माणकार्यमा केही अवरोध भएको नगरप्रमुख शाहले बताउनु भयो । नगर प्रमुख शाहले भन्नूभयो "कोभिड नभएको भए ३ सय किलोमीटर सडक निर्माण गर्ने लक्ष्य रहेको थियो,अहिलेसम्म हामीले २ सय किलोमीटर सडक निर्माण गर्यौं ।" त्यस्तै कृष्णनगर नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल सडक, ५ किलोमीटर नया सडकमा माटो पटान, २५ किलोमिटर नाली निर्माण गरिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो । कपिलवस्तु कृष्णनगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नागरिकसगँ गरेको बाचा पूरा गरेको बताउनु भएको छ । नगरको प्रशासकिय भवन, कृष्णनगर क्षेत्रमा १० कल्भर्ट, १ झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन भएको कृष्णनगर नगर पालिकाको उपप्रमुख सबनम खातुनले बताउनु भयो ।

शिवराज अस्पतालको अपरेशन भवन, वड नं १२ मा शहरी स्वास्थ्य किलिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माणकार्य भएको उपप्रमुख सबनमले जानकारी दिनुभयो । कृष्णनगरमा अहिले २ दर्जन स्थानमा विकास निर्माणकार्य भैरहेको छ । कृष्णनगर नगरपालिकाले शिवराज अस्पतालमा १ करोड ७३ लाखको भवन निर्माणको काम गरेको कृष्णनगरका इन्जिनियर प्रदिप चौधरीले बताउनु भयो । त्यस्तै अहिले कृष्णनगरमा २ सडक कालोपत्रे भैरहेको इन्जिनियर चौधरीले बताउनु भयो । कृष्णनगरको मडहामा आरसिसी, बहादुरगन्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्रे, रमवापुरमा आरसिसीको काम भैरहेको छ । सार्वजनिक शौचालय निर्माण भएको छ । पुर्सोत्तमपुर, बगहीमा कालोपत्रे, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माणकार्य भैरहेको छ । नगरपालिकामा मेयर रजत प्रताप शाह नेतृत्वले विभिन्न विद्यालयमा ४० कोठा निर्माण सप्पन्न भएको छ । २९ कोठा निर्माणाधीन अवस्थामा रहेको छ । विभिन्न विद्यालयमा एक दर्जन भन्दा शौचालय निर्माण गरेको कृष्णनगर नगरपालिकाले जनाएको छ ।सभार न्यूज़ सेन्टर नेपाल डटकम l

प्रतिक्रिया दिनुहोस

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

औरही गाउँपालिकाको १३ ...

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१