लहानमा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो नगर अधिवेशन सम्पन्न

  • चैत्र ५, २०७८
  • १३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ५ , चैत। ''मर्यादा , अभिबृद्वि , पेशागत , दक्षता ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितता, सम्पुर्ण श्रमजीवीहरु एक होऔं" भन्ने मुल नारा सहित आज नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति लहान सिरहाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले जागेश्वर प्रसाद यादवको अध्यक्षतामा ७ जना मुल कार्यसमिति सर्व - सहमति रुपमा चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका पुर्व सचीव बद्री नारायण चौधरीले बताए । जम्मा ३१ जना रहने गरी गठन भएको संगठनमा १८ जना सर्व - सहमती चयन भएको छ भने बाँकी ६ जना कार्यसमितिको पहिलो बैठक बाट चयन गरिने पुर्व सचीव चौधरीले सुनाए । नव-गठित समितिको उपाध्यक्षमा प्रमोद कुमार यादव , महिला उपाध्यक्षमा संसा कुमारी चौधरी , सचिव कौशल किशोर मिश्र , सह- सचिव जानकी चौधरी, कोषाध्यक्ष जिवछ महतो, सह- कोषाध्यक्षमा पुनम कुमारी यादव , सदस्यहरु क्रमशः राजकुमार यादव , सुरेश प्रसाद यादव , कानन चौधरी लगायत निर्विरोध रुपमा चयन गरिएको संगठनका सिरहा जिल्ला समिति सचिवालय सदस्य श्रीदेव यादवले जानकारी दिनुभएको छ ।

Open photo

नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेश अध्यक्ष सकलदेव यादव र लहान नगर उपाध्यक्ष मिना कार्कीको सभा- अध्यक्षतामा अधिवेशन कार्यक्रमको आयोजना गरिएको थियो । पेशागत शिक्षक संगठनका प्रतिनिधिहरुको रोहवरमा पशुपती आदर्श उच्च मावि लहानमा नगर अधिवेशन सम्पन्न भएको जनाईएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला , प्रदेश र केन्द्रिय प्रतिनिधिहरु लगायत , नेपाल शिक्षक संघ , एकीकृत अखिल नेपाल शिक्षक संगठन , संघिय समाजवादी शिक्षक फोरम , शिक्षक हित बचत तथा ॠण सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रमको उदघाटन शत्रमा संगठनका पुर्व सह- सचीव समेत रहेका शिक्षिका सुकुमाया रमौलीले उदघोषकको भुमिका निर्वाह गरेका थिए । तिन बर्षको लागि नव- निर्वाचित पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना आदान -प्रदान कार्यक्रम समेत गरिएको थियो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१