Siraha Times
ताजा समाचार

लहानमा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो नगर अधिवेशन सम्पन्न

  • चैत ५, २०७८
  • १५७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ५ , चैत। ''मर्यादा , अभिबृद्वि , पेशागत , दक्षता ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितता, सम्पुर्ण श्रमजीवीहरु एक होऔं" भन्ने मुल नारा सहित आज नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिति लहान सिरहाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले जागेश्वर प्रसाद यादवको अध्यक्षतामा ७ जना मुल कार्यसमिति सर्व - सहमति रुपमा चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन लहानका पुर्व सचीव बद्री नारायण चौधरीले बताए । जम्मा ३१ जना रहने गरी गठन भएको संगठनमा १८ जना सर्व - सहमती चयन भएको छ भने बाँकी ६ जना कार्यसमितिको पहिलो बैठक बाट चयन गरिने पुर्व सचीव चौधरीले सुनाए । नव-गठित समितिको उपाध्यक्षमा प्रमोद कुमार यादव , महिला उपाध्यक्षमा संसा कुमारी चौधरी , सचिव कौशल किशोर मिश्र , सह- सचिव जानकी चौधरी, कोषाध्यक्ष जिवछ महतो, सह- कोषाध्यक्षमा पुनम कुमारी यादव , सदस्यहरु क्रमशः राजकुमार यादव , सुरेश प्रसाद यादव , कानन चौधरी लगायत निर्विरोध रुपमा चयन गरिएको संगठनका सिरहा जिल्ला समिति सचिवालय सदस्य श्रीदेव यादवले जानकारी दिनुभएको छ ।

Open photo

नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेश अध्यक्ष सकलदेव यादव र लहान नगर उपाध्यक्ष मिना कार्कीको सभा- अध्यक्षतामा अधिवेशन कार्यक्रमको आयोजना गरिएको थियो । पेशागत शिक्षक संगठनका प्रतिनिधिहरुको रोहवरमा पशुपती आदर्श उच्च मावि लहानमा नगर अधिवेशन सम्पन्न भएको जनाईएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला , प्रदेश र केन्द्रिय प्रतिनिधिहरु लगायत , नेपाल शिक्षक संघ , एकीकृत अखिल नेपाल शिक्षक संगठन , संघिय समाजवादी शिक्षक फोरम , शिक्षक हित बचत तथा ॠण सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रमको उदघाटन शत्रमा संगठनका पुर्व सह- सचीव समेत रहेका शिक्षिका सुकुमाया रमौलीले उदघोषकको भुमिका निर्वाह गरेका थिए । तिन बर्षको लागि नव- निर्वाचित पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना आदान -प्रदान कार्यक्रम समेत गरिएको थियो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २६ जेठ। नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प् ...

बरियारपट्टि सीमामा त ...

लहान जेष्ठ २६। नेपाल–भारत सीमावर्ती सिरहाको बरियारपट्टि क्षेत्र पछिल्लो समय तस्करीको प्रमुख ट् ...

मोबाइल नष्ट गर्ने नि ...

लहान जेष्ठ २६ । एसईई परीक्षाका क्रममा बरामद गरिएका मोबाइल तथा स्मार्टवाच नष्ट गरिएको निर्णयप्रति असन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१