ताजा समाचार

निर्धन लघुबितको लहान सखाद्वारा मृतक परिवारलाई ७ लाख १५ हजार सहयोग

  • चैत ५, २०७८
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ चैत- सिरहाको लहान नगरपालिका वाडा नम्बर २० को अजब लाल महतोको श्रीमती फुलो बती कोईरीलाई २०७८ माघ ३ गतेका दिन आफ्नै निवासमा मृत्यु भएको थियोे।मृतक फुलो बती कोईरीन बिगत ८ बर्ष देखि लहान स्थित रहेको निर्धन उत्थान लघुबित संस्था लिमिटेड लहान सखा अन्तर्गत रहेको हरिनगरा महिला समाज केन्द्रका सदस्य फुलो देवी कोईरीनलाई मृत्यु भएको थियोे। मृतक कोईरीनले केन्द्र नम्बर १९ मा पहिलो पल्ट ३ लाख र दोश्रो पल्ट ३ लाख लगानी गरेका थिए।कोईरीनलाई मृत्यु पस्चात समाजिक उतरदायित्व अन्तर्गत ग्रामीण बिमा क्षेतीपुर्ती वाप्त जम्मा ७ लाख १५ हजार बिमाको क्षेतीपुर्ती वाप्त सखा प्रबन्धक खडकाले सम्बन्धित वाडाका अध्यक्ष गणेश चौधरी र केन्द्र नम्बर १९ का प्रमुख बिमला देबी दासको रोहबरमा पीडित मृतकको श्रीमान अजब लाल महतो लाई प्रदान गरिएको छ्।

लहान सखा अन्तर्गत १५८ वाटा केन्द्र रहेका छन् भने ३२ सय सदस्य रहेका छन्। निर्धनको हाल ३० करोड लगानी रहेको सखा प्रबन्धक पुर्ण बहादुर खडकाले बताए। उक्त संस्थाले २०५५ साल कार्तिक १२ गते स्थापना भई नेपालको अधिकान्स जिल्लाहरुमा स्थापना सेवा प्रदान गर्दै आएका सहायक ऋण अधिकृत मनोहर कुमार यादवले जनाए। पीडितको घरमा रकम हस्तान्तरण गर्ने कार्यक्रममा राम दिनेश महतो, प्रभा चौधरी,उषा चौधरी लगायतका कर्मचारीको सहभागिता रहेको थियो।प्रबन्धक कडकाले सेवा ग्राहीहरुलाई सह रूपमा कर्जा लगानी गरी चुक्ता समेत गर्ने गरेको छ।सिरहामा निर्धन लघुबित संस्थाको निकै सकृय समुहहरु रहेको उनले देखिन्छ। प्रमुख अतिथि चौधरीका अनुसार सोकको घडिलाई आर्थिक रुपले शक्तिको रूपमा परिनत गरीएको छ। संस्था प्रति अभार प्रकट गर्दै पीडित परिवारमा धैर्य धारणको शक्ति प्रदान होस् मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤