आज तराई को जिल्लामा होलि मनाइदै

  • चैत्र ४, २०७८
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२०७८ चैत्र ०४ सुभाष यादव ,काठमाडौँ अाज काठमाण्डाै लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडिहरु अाराम गरिरहेका होलान । अझ भनौ नेपालको पहाडी, भित्री मधेश अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरुले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ भनौ मधेशको । नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्गसँग लुटपुटिएका तरार्इका सुन्दर भू-भागहरु रहेका छन्, ठूला-ठूला घरदेखि स-साना झुपडीसम्म, सुर्ति फलेका खेत देखि धानका बालासम्म अनि विभिद भाषा अनि संस्कृतीकाबिच तरार्इ नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जनी माटोले सिचींत यस भुभाग नेपालको अन्न भण्डार अनि पौरखीहरुको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाईन्छ ।

जोगिरा सरररररररर,

कुन तालमे ढोलक नाचे कुन ताल मजीरा

कुन तालमे नटुवा नाचे कुन ताल नजारा

के वोलो सारारारारारारारारारारा

के वोलो सारारारारारारारारारारारा

जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रंग र भाङ्गको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक अाफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपूवा, नरीवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक अापसमा रङ्ग दलेर खुशियाली साटासाट गरिन्छ । जोगि अर्थात केही लिन र केही दिनसंग वास्ता नभएको, सुख्ख र दुख्खको झेलमा नअल्झिएको अनि समपूर्ण रुपमा साधूजस्तो सांसारीक बन्धनवाट टाढिएको मान्छे, जोगीरा, विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिङ्गटालाई ब्यक्त गरिएको छ ।

होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ।

 

प्रतिक्रिया दिनुहोस

कोमेनटमा बिरोध होइन ...

बिरेन्द्र प्रसाद नेपाल लहानमा आर्यघाट निर्माणका लागि शिलान्यास गरेपछि लहानका मेयर महेश प्रसाद चौधरिल ...

उज्यालो सखुवानन्कारक ...

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर् ...

अशोक राई पक्षलाई थप ...

जनकपुरधाम, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राई पक्ष थप सकसमा परेका छन । प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१