Siraha Times
ताजा समाचार

महुली लघुबित कठाैना सखाद्वारा केन्द्र प्रमुख,उप-प्रमुखहरुको समिक्षा गोष्ठी सम्पन्न

  • चैत २, २०७८
  • ६३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ चैत - प्रत्येक बर्ष गर्दै आएका समिक्षा गोष्टि यो बर्ष पनि महुली लघुबित बितिय संस्था लिमिटेडले बृहत रूपमा सप्तरीको कठाैना सखाले दुई दिने समिक्षा गोष्टि सम्पन्न गरेका छन्। उमां चौधरीको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा केन्द्रिय कार्यालयको प्रतिनिधि अनिल कुमार मंण्डल रहनु भएको थियो।उक्त सखा अन्तर्गत जम्मा १५४ केन्द्र रहेका छन भने २८८१ सदस्य रहेका छन। महुली बिकासका सखा प्रबन्धक अनिता चौधरीकी अनुसार समाजमा रहेका गरीब दलित असहाय र मझौला र निमन बर्गको परिवारहरुलाई सहुलियत दर्मा ऋण प्रवाह गरि गरिबहरुको आर्थिक सवलता तिर उन्मुख गरी रहेको उनले बताए।कार्यक्रममा हजारौं महिलाको सहभागितारहेका थिए।

महुली लघुबित संस्थाले बर्षमा राम्रो कामको आधारमा कुनै एक केन्द्रलाई उत्कृष्ट घोषणा गर्ने गरेको छ्। गोष्टि कार्यक्रमको सहजीकरण महुली सखाका प्रबन्धक डम्बर नारायण यादवले गरेका थिए।देशलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन हाम्रो संस्थाले घर घर सहज रूपमा ऋण प्रवाह गरी निमुखा गरिब दलितहरुलाई बचत र अर्थिक उन्नति गर्नमा सहयोग गर्दै आएका प्रबन्धक यादवले बताए। उक्त दोस्रो दिनको समापन कार्यक्रमको अध्यक्षता नयन कुमारी चौधरीले गर्नु भएकी थिईन। प्रत्येक बर्ष संस्थाले कामको मुल्यांकनको अधारमा संमान सहित नगद पुरस्कार दिने गरेका छन्।

यस बर्षको उत्कृष्ट केन्द्रहरुमा खडक नगरपालिका वाडा नम्बर ३ स्थित रहेको माँ बैशनवी महिला बिकास केन्द्र नम्बर ८३ ले प्रथम भएका छन्। केन्द्र प्रमुख प्रमिला कुमारी चौधरी र उप प्रमुख राम कुमारी चौधरीलाई पुरस्कार स्वरुप नगद ४ हजार प्रमाणपत्र सहित संमान गरेका हुन्। दोस्रो हुनेमा माँ कंकालनी महिला बिकास केन्द्रको प्रमुख अनिला कुमारी चौधरी,उप -प्रमुख अशिला कुमारी चौधरीलाई नगद ३ हजार र प्रमाणपत्र सहित संमान गरेका थिए त्यसैगरी तेस्रो हुनेमा शम्भु नाथ नगरपालीका ७ का डिहवारनी महिला बिकास केन्द्रका प्रमुख उप प्रमुखहरुलाई नगर २ हजार सहित संमान गरीएका छन्।

र सोही कार्यक्रममा सम्भु नाथ नगरपालिका ८ का प्रगतिशील महिला बिकास केन्द्रका प्रमुख शनेचरी चौधरी र उप प्रमुख देब कुमारी चौधरीलाई नगर १ हजार र प्रमाणपत्र सहित प्रदान गरि अगामी दिनको उनती प्रगतिको सुभ कामना दिदै कार्यक्रमको समापनको कार्यक्रम संचालनक निशा पहाडीले जनाए।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१