सशस्त्र प्रहरी द्वारा अबैध चल्ला नष्ट

  • चैत २, २०७८
  • ७८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, चैत्र २ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारत बाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधारमा वि. ओ. पि. कृष्णानगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य को कमाण्डमा खटिएको ७ जनाको टोली तथा वि.ओ. पि. विजयनगर बाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण केसीको कमाण्डमा खटिएको सात जनाको संयुक्त टोलीले रात्रिमा समातेको र प्रहरी देखन साथ चल्ला लयाउदै गरेका मान्छे समेत भागेको जानकारी भएको छ। बरामद गरिएका १५०० गोटा ब्रोईलर कुखुराको अवैध चल्ला अनदाजी मूल्य एक लाख बिस हजार पर्ने सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ l उक्त अबैध बरामद गरिएको चल्ला वि. ओ. पि. कृष्णनगरको प्रांगणमा पत्रकार, पशु क्वारेन्टाईनका प्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा ८र ९ अनुसार खाल्डो खनी नष्ट गरिएको जानकारी बोर्डर आउट पोष्ट कृष्णनगरले दिएको छ l

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१