Siraha Times
ताजा समाचार

दलित संस्थाद्धारा नारी दिवस भव्यरुपमा मनाईयो

  • चैत २, २०७८
  • ९६२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷२४ गते, फाल्गुन दलित विकास मञ्च सिरहाले ८ मार्चका दिन ूसमाजिक न्याँय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता ू नारा सहित नारी दिवस भव्यताका साथ मनाईएका छन । नेपालमा नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रममा मनाईरहदा सिरहाका विभिन्न नगरपालिकामा दलित विकास मञ्च सिरहाले स्थानीय नरपालिकाहरुसँग साझेदारि तथा समन्वय गरि नारीदिवस मनाएका छन । मधेस प्रदेशका जिल्लाहरुमा ग्रामीण भेगका महिलाहरुमाथि विभिन्न प्रकारका महिला हिंसाका घटनाहरुमा वृद्धि भईरहेकोले नारी दिवसमा आफनो आवाज बुलन्द गर्न र समाजमा आफनो असतित्व जोगाउनका लागि महिलाहरु संगठितरुपमा आवाज उठाउनु पर्ने स्थानिय सरकारका प्रतिनीधिहरुले आ आफनो धारण राखेका छन ।

सिरहा जिल्लाका मिर्चैया नगरपालिका र कल्याणपुर नगरपालिकामा दलित विकास मञ्च सिरहाले बृहत रयालि गर्दै कोणसभामा गरेका हुन । बृहत रयालिमा स्थानिय निकायका जनप्रतिनिधि, सरकारी कर्मचारि, महिला समुह तथा आमा समुह, महिला अधिकार कर्मि र पत्रकारहरुको सहभागिता रहेको थियो । कल्याणपुर नगरपालिकामा वृहत रयालि पछि कोणसभामा कल्याणपुर नगरपालिका का कार्यवाहक मेयर रोहिणी यादवले दलित विकास मञ्च सिरहासँग समन्वयमा कार्यक्रम सफल भएकोमा खुसि भएको बताए । कार्यवाहक मेयरले महिला हिंसा रोक्न प्रत्येक महिलाले शिक्षामा जोडदिनुपर्ने बताएका छन । का.वा.मेयरले महिलाहरु घरेलु हिंसामा वढी परिरहेकोले संगठित भएर सम्बन्धित निकायसँग आवाज बुलंद नगरेसम्म न्याँय नपाउने बताउनु भयो । का.वा. मेयर यादवले अगामी दिनमा पनि महिलाहरुको हक अधिकारका लागि दलित विकास मञ्च सिरहासँग समन्वय तथा साझेदारी गर्ने प्रतिवद्धता गर्दै महिलाहरुको अधिकारकालागि सदैव आफु त्तपर रहने बताउनु भयो ।

मिर्चैया नरपालिकामा विहान ७ वजे नगरपालिका र दलित विकास मञ्च सिरहाले प्रभात फेरी गरि नारी दिवस मनाएका छन । प्रभातफेरी कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरध्वज आङ्गदेम्बे ले कोणसभामा नारी दिवसको अवसरमा सम्पूर्ण महिलाहरुमा शुभकामना दिदै महिला हिंसा न्यूनिकरण गर्नकालागि मिर्चैया नगरपालिका हरप्रयास जारि राख्ने प्रतिद्धता जाहेर गरेका छन । कार्यक्रमा मिर्चैया नगरपालिका विभिन्न वडाका जनप्रतिनिधि र सरकारी कर्मचारिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिरहा आमा समुह र किशोर किशोरी समुह, र संस्थाका कार्यसमिती र कर्मचारिहरुको सकृय सहभागिता रहेको संस्थाका अध्यक्ष रुणा कुमारी महराले बताईन । संस्थाका अध्यक्ष रुणा महराले आफुहरुको दलित महिलाहरुको नेतृत्व गठित रहेको संस्थाले प्रत्येक वर्ष नारी दिवस मनाउने बताउनुभयो । दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक सरिता महराले बालविवाह र दहेजप्रथाको कारणले महिलाहरुवढी घरेलु हिंसा लगायत उत्पिडनका घटनाहरुमा वृद्धि भईरहेको बताईन । संयोजक महराले नारी दिवसमा महिलाहरुमा उत्साह र हिम्मत वढने र आफनो हक अधिकारबारे सचेत हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१