सशस्त्र प्रहरीद्वारा ४५ किलो लागु औषध गाजा बरामद

  • फागुन २८, २०७८
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, २८ फागुन । बारा जिल्लाको सनफुलवाबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लग्दै गरेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा नाकाबाट लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट टाउकोमा लागु औषध गाजा बोकी भारततर्फ गइरहेको क्रममा सीमा नाकामा खटिएको स्कवाड टोलीलाई देख्नसाथ तस्कर फरार भएपनि लागु औषध गाजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । करिब ४५ किलोग्राम लागु औषध गाजा रहेको र अवाश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बुझाउने तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१