ताजा समाचार

सशस्त्र प्रहरीद्वारा ४५ किलो लागु औषध गाजा बरामद

  • फागुन २८, २०७८
  • ११७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, २८ फागुन । बारा जिल्लाको सनफुलवाबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लग्दै गरेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारी मात्रामा लागु औषध गाजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा नाकाबाट लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट टाउकोमा लागु औषध गाजा बोकी भारततर्फ गइरहेको क्रममा सीमा नाकामा खटिएको स्कवाड टोलीलाई देख्नसाथ तस्कर फरार भएपनि लागु औषध गाजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । करिब ४५ किलोग्राम लागु औषध गाजा रहेको र अवाश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बुझाउने तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤