Siraha Times
ताजा समाचार

१८ लाख ७३ हजार सहित भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

  • फागुन २७, २०७८
  • १४०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २७ फागुन। रौतहटको सहरमुजवाबाट हुन्डी कारोवारी सहित नगद र भारतीय नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले हुन्डीको नगद सहित कारोवारी र भारतीय नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिन सफल भएको हो । शुक्रवार करिब १२ बजेको समयमा खटिएको स्कवाड टोलीले रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ९ सहरमुजवाबाट हुन्डीको १८ लाख ७३ हजार सहित भारतीय नागरिकलाई स्कवाड टोलीले नियन्त्रणमा लिन सफल सशस्त्र प्रहरीले जनाएको छ । भारतीय नम्बर बि.आर.०५ वाई २०७९ नम्बर मोटरसाइकलको सिट मुनि, हेलमेट भित्र र टुल बक्स भित्र लुकाई छिपाई हुन्डीको कारोवार भइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारतीय नागरिक सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले जनाए अनुसार भारतको पुर्व चम्पारण जिल्ला मोतिहारी थाना महुअवा बस्ने ४५ बर्षिय दिप नारायण प्रसादलाई हुन्डीको नगद सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले बनाएको छ । नेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१