१८ लाख ७३ हजार सहित भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

  • फागुन २७, २०७८
  • १२९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २७ फागुन। रौतहटको सहरमुजवाबाट हुन्डी कारोवारी सहित नगद र भारतीय नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले हुन्डीको नगद सहित कारोवारी र भारतीय नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिन सफल भएको हो । शुक्रवार करिब १२ बजेको समयमा खटिएको स्कवाड टोलीले रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ९ सहरमुजवाबाट हुन्डीको १८ लाख ७३ हजार सहित भारतीय नागरिकलाई स्कवाड टोलीले नियन्त्रणमा लिन सफल सशस्त्र प्रहरीले जनाएको छ । भारतीय नम्बर बि.आर.०५ वाई २०७९ नम्बर मोटरसाइकलको सिट मुनि, हेलमेट भित्र र टुल बक्स भित्र लुकाई छिपाई हुन्डीको कारोवार भइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारतीय नागरिक सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले जनाए अनुसार भारतको पुर्व चम्पारण जिल्ला मोतिहारी थाना महुअवा बस्ने ४५ बर्षिय दिप नारायण प्रसादलाई हुन्डीको नगद सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले बनाएको छ । नेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

पिडितहरुद्धारा अल्ट् ...

रंजित चौरसिया,वीरगंज २ भदौं । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१