ट्राफिक प्रहरी उपरीक्षक गुरुङको बिश्वासिला पात्रकै माध्यमले कमाई धन्दा

  • फागुन २५, २०७८
  • १६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बारा २५ फागुन । ट्राफिक प्रहरीले आफ्नो वर्दीको आडमा बिभिन्न सवारी साधनहरु स“ग ओभरलोडको नाममा कमाई धन्दाको रुपमा प्रयोग गर्दै आएको रहस्य उजागर भएको छ । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको निर्देशन पाउनसाथ बिभिन्न ठाउहरुमा ट्राफिक प्रहरीले ओभरलोडको नाममा कमाई धन्दा बनाएको रहस्य उजागर भएको हो । बाराको पथलैयामा रहेको ट्राफिक प्रहरीहरुले आफ्नो पेशालाई बदनाम गर्दै भारतीय सवारी साधनबाट रकम उठाउन थालेको बताइन्छ । ट्राफिक प्रहरीले बिभिन्न बहानामा भारतीय सवारी साधनलाई रोकी कहिले ओभर लोड त कहिले कागज नपुगेको बताउदै रकम लिने गरेको एक भारतीय सवारी चालकले बताएका छन । भारतबाट आईसीपि हुदै नेपाल भित्रिने मालवाहक ट्रकहरुबाट पथलैया स्थित रहेको ट्राफिक प्रहरीले आफ्नो वर्दी र पेशालाई बदनाम गर्दै कमाई खाने भाडो बनाएका छन ।

प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको बिश्वासिलो पात्रको रुपमा मानिएका प्रहरी सहायक निरीक्षक दिपक बस्नेतले प्रति दिन ५० देखी ७० हजार रकम भारतीय सवारी साधनबाट उठाउने गरेको एक श्रोतले जनाएका छन । श्रोतका अनुसार भारतीय सवारी साधनबाट बिभिन्न बहाना बनाउदै मासिक १० देखी २० लाख रुपैयासम्म उठाउने गरेको एक ट्राफिक प्रहरी श्रोतले नै जनाएका छन । उनका अनुसार ट्राफिक प्रहरीको उक्त रवैयाले प्रहरीको राजस्व बढेपनि मुलुकको राजस्व बढ्न नसकेको दुखेसो पोखे ।

ट्राफिक प्रहरी भित्र हालको समयमा टेण्डर प्रकृया नै चलेपछि ट्राफिक प्रहरीले आफ्नो वर्दी र पेशालाई बदनाम गर्दै आर्थिक कारोवारमा मात्रै सिमित रहेको बुझिन्छ । ट्राफिक प्रहरी उपरीक्षक गुरुङको कार्यले हालको समयमा ट्राफिक प्रहरी भित्र टेण्डर प्रकृया नै संचालन भएको प्रष्ट हुन्छ । आफ्नो विश्वासिलो पात्रको रुपमा चिनिनेहरुलाई बाराको निजगढ, कलैया, रौतहटको च पुर, वीरगंजको बिभिन्न राम्रा ठाउहरुमा परिचालन गरिएको बारे व्यापक चर्चाको बिषय बनेको छ । ट्राफिक प्रहरीको उक्त रवैयाले नेपाल प्रहरी संगठन माथि नै प्रश्ण चिन्ह खडा भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१