लागु औषध गाजा सहित दुई भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

  • फागुन २२, २०७८
  • १०६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, २१ फागुन / पर्सा जिल्लो ठोरीबाट लागु औषध गाजा सहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाजा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले दुई जना भारतीय नागरिक सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

शनिवार राति करिब साढे ८ बजेको समयमा बोर्डर आउट पोष्ट ठोरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले भारततर्फ लगिरहेको अवस्थामा लागु औषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय नम्बर बि.आर.०६ यु ५८७३ नम्बरको मोटरसाइकलमा लागु औषध गाजा बोकी भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा पक्राउ गर्न सफल भइएको सशस्त्र प्रहरीले जनाएको छ । 

भारत जिल्ला पश्चिम चम्पारण सोनखर पंचायत वडा नम्बर १३ रामनगर बस्ने २९ बर्षिय संदिप पटेल र सोही निवासी २५ बर्षिय प्रेम पटेललाई लागु औषध गाजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरिएको लागु औषध ५ किलोग्राम गाजा सहित भारतीय नम्बरको मोटरसाइकल र व्यक्तिलाई अवाश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

त्यस्तै शनिवार साझ करिब ७ बजेको समयमा बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाबाट लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलीले लागु औषध गाजा १० किलोग्राम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो । ड्यूटीमा खटिएको सशस्त्र प्रहरीको टोली देख्नासाथ तस्कर फरार भएपनि लागु औषध गाजा बरामद गरिएको छ । बरामद गरिएको लागु औषध गाजा अवाश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१