ताजा समाचार

प्रहरी सहायक निरीक्षक सिंहले मचाए इनर्वा क्षेत्रमा चान्दा आतंक, सम्बन्धीत निकाय मौन

  • फागुन १७, २०७८
  • १६०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, १७ फागुन । आफ्नो पहुच र पावरको फुर्ती देखाउदै प्रहरी सहायक निरीक्षक बिटु सिंहले वीरगंजको इनर्वा क्षेत्रमा चान्दा आतंक मचाएको बुझिन्छ । नेपाली कांग्रेसमा आफ्नो पहुच राम्रो भएको बताउदै माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पारी प्रहरी चौकी इनर्वा क्षेत्रमा आर्थिक तान्डव नै मचाएका हुन ।

एक जना प्रहरी श्रोतका अनुसार प्रहरी सहायक निरीक्षक बिटु सिंह कुनैपनि जिल्ला प्रहरी प्रमुखको रुपमा नया प्रहरी उपरीक्षकको आग्मन हुनासाथ आर्थिक सेटीङ र पावर प्रयोग गरी राम्रै ठाउ पाउने गरेको बताए । हाकिमहरुलाई आर्थिक प्रलोभनमा पार्न सिपालु रहेका प्रहरी सहायक निरीक्षक बिटु सिंह वीरगंजको भकुवा, मिर्जापुर, सबैठवा र हाल प्रहरी चौकी इनर्वामा जान सफल भएको, उनले बताए । प्रहरी चौकी इनर्वामा गए दिनदेखी नै आफ्नो वर्दीको आडमा उक्त क्षेत्रलाई कमाई खाने भाडो बनाएको बारे बिभिन्न संचार माध्यममा उजागर हुदै आएको छ । तरपनि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले कारवाहीको सटा झन तस्करी गराउन छुट नै दिएको हुन सक्ने बिषयमा हालसम्मको कार्य प्रगतिले प्रष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले अहिलेपनि त्यस्ता प्रहरीहरुलाई कानुनी दायरामा नल्याए अगामी दिनमा प्रहरी उपरीक्षक बस्नेतको नाम समेत बदनाम गर्नबाट पछि नहटने संकेत समेत देखा पर्न थालेको छ । इनर्वा हुदै पिकअपकै माध्यमले माछाको तस्करी, कपडा, हार्डवेयर, कवाड लगायतको तस्करी हुने गरेपनि हालसम्म कुनै किसिमको कारवाही नहुदा नेपाल प्रहरी संगठनको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ । तसर्थ ः यस बिषयमा संगठनका प्रमुख आईजीपि शैलेष थापा क्षेत्रीलाई समेत गम्भीर हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤