प्रहरी सहायक निरीक्षक सिंहले मचाए इनर्वा क्षेत्रमा चान्दा आतंक, सम्बन्धीत निकाय मौन

  • फागुन १७, २०७८
  • १३२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, १७ फागुन । आफ्नो पहुच र पावरको फुर्ती देखाउदै प्रहरी सहायक निरीक्षक बिटु सिंहले वीरगंजको इनर्वा क्षेत्रमा चान्दा आतंक मचाएको बुझिन्छ । नेपाली कांग्रेसमा आफ्नो पहुच राम्रो भएको बताउदै माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पारी प्रहरी चौकी इनर्वा क्षेत्रमा आर्थिक तान्डव नै मचाएका हुन ।

एक जना प्रहरी श्रोतका अनुसार प्रहरी सहायक निरीक्षक बिटु सिंह कुनैपनि जिल्ला प्रहरी प्रमुखको रुपमा नया प्रहरी उपरीक्षकको आग्मन हुनासाथ आर्थिक सेटीङ र पावर प्रयोग गरी राम्रै ठाउ पाउने गरेको बताए । हाकिमहरुलाई आर्थिक प्रलोभनमा पार्न सिपालु रहेका प्रहरी सहायक निरीक्षक बिटु सिंह वीरगंजको भकुवा, मिर्जापुर, सबैठवा र हाल प्रहरी चौकी इनर्वामा जान सफल भएको, उनले बताए । प्रहरी चौकी इनर्वामा गए दिनदेखी नै आफ्नो वर्दीको आडमा उक्त क्षेत्रलाई कमाई खाने भाडो बनाएको बारे बिभिन्न संचार माध्यममा उजागर हुदै आएको छ । तरपनि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले कारवाहीको सटा झन तस्करी गराउन छुट नै दिएको हुन सक्ने बिषयमा हालसम्मको कार्य प्रगतिले प्रष्ट पारेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले अहिलेपनि त्यस्ता प्रहरीहरुलाई कानुनी दायरामा नल्याए अगामी दिनमा प्रहरी उपरीक्षक बस्नेतको नाम समेत बदनाम गर्नबाट पछि नहटने संकेत समेत देखा पर्न थालेको छ । इनर्वा हुदै पिकअपकै माध्यमले माछाको तस्करी, कपडा, हार्डवेयर, कवाड लगायतको तस्करी हुने गरेपनि हालसम्म कुनै किसिमको कारवाही नहुदा नेपाल प्रहरी संगठनको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ । तसर्थ ः यस बिषयमा संगठनका प्रमुख आईजीपि शैलेष थापा क्षेत्रीलाई समेत गम्भीर हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१