भारतले बढाएर पठाएको भन्दै निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत

  • फागुन १७, २०७८
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले विवरण सार्वजनिक गरेको छ । नयाँ मूल्यअनुसार आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने निगमले जनाएको छ ।निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकोले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको हो ।विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

आईओसीको मूल्य सूचीअनुसार प्रति लिटर पेट्रोल ३.८९, डिजेल ३.०८, मट्टितले १०.३० र हवाई इन्धनमा ३.३२ ले बढेर आएको छ ।समायोजन हुदाँ पनि प्रतिमहिना करिब ६ अर्बभन्दा बढी नोक्सानी हुने अनुमान छ । निगमले चालु आर्थिक वर्षको २०७८/७९ को अहिलेसम्म निगमले करिब २८ अर्ब नोक्सानी व्यहोरिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१