ताजा समाचार

सिरहामा ट्राफिक प्रहरीको चेकिङ्गमा निरन्तरता

  • फागुन १६, २०७८
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ फाल्गुन -सिरहामा ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा चेक जाँचमा कडाई गरेका छन् ।राजमार्गमा करिब ३ महिना देखी निरन्तर ट्राफिक चेकिङ्गमा कडाई गरीएका छन्।अस्थाई ट्राफिक पोस्ट धनगढीबाट प्र.स.नी.प्रहरी सहायक निरीक्षक असैई सुरेश कुमार यादवको कमान्डमा निरन्तर ३ महिना देखि चेकिङ्गमा कडाई गरेका छन। उक्त ट्राफिक पोस्टले ऐरिया भित्र धनगढीको मेदनीपुर पुलस्थित र गागन खोलाको पुल स्थित निरन्तर ट्राफिक चेकिङ्ग हुने गरेको छ। ट्राफिक चेकिङ्गमा मोटरसाईकल चालक सबैभन्दा कार्बाहीमा पर्ने गरेका छन्। सबारी चालक अनुमती पत्र नभएको र मोटरसाईकलमा ३ जना सबार भएर यात्रा गर्ने ,र बिना हेल्मेटको सवारी चलाउने गरेका चालकहरुले कार्बाहीमा पर्ने गरेका छन। दैनिक रूपमा करिब १२ हजार बराबरको जरिवाना काटिने गरेको प्रहरी सहायक निरीक्षक सुरेश कुमार यादवले जानकारी दिनु भयो। ट्राफिक चेकिङ्गमा निरंतरता दिदा सिरहा मा सडक दुर्घटनामा कमि आएको उनले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤