ताजा समाचार

अस्पताल ड्युटीकै प्रहरीबाट शिक्षक कुटिए

  • फागुन १४, २०७८
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

तौलिहवा, फागुन १४ कपिलवस्तु अस्पतालमा ड्युटीमा रहेका प्रहरी जवानबाट एक शिक्षक कुटिएका छन् । श्री रत्न राज्य लक्ष्मी मा.वि. तौलिहवामा कार्यरत शिक्षक दिनेश बढईलाई प्रहरी जवान सर्वजित हरिजनले कुटपिट गरेका हुन् । आफ्नी श्रीमतीको उपचारमा रहेका शिक्षक बढई र अस्पतालकी परिचारिका विच तातो पानी माग्ने विषयमा सामान्य भनाभन हुदै गर्दा प्रहरी जवान हरिजनले शिक्षक बढई माथि हातपात गरेका थिए । रक्सीको मातमा रहेका प्रहरी जवान हरिजनले आफुलाई विना कसुर लठ्ठीले ठुलो चोट लाग्ने गरी कुटेको शिक्षक बढईले बताए ।

सुरक्षाकर्मीबाटै भएको शिक्षक कुटपिटको घटना प्रति जिल्लाका शिक्षक संवद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । कुटपिटमा संलग्न प्रहरी जवान हरिजन उपर कारवाही हुनु पर्ने र अस्पतालमा आउने विरामी तथा विरामीका कुरुवाहरुको सुरक्षा संवेदनशीलता तर्फ स्थानीय प्रशासन सतर्क हुनु पर्ने अगुवा शिक्षक मोहन शुक्लाले बताए । घटनको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्ने नेपाल शिक्षक संघ कपिलवस्तुले जनाएको छ । ड्युटीकै समयमा रक्सी सेवन गरी आफ्नो पदको दुरुपयोग गर्ने प्रहरी जवान हरिजनलाई कडा कारवाही गर्नु पर्ने सामाजिक संजाल मार्फत स्थानीय प्रशासन संग स्थानीय अगुवा नागरिकहरुले माग समेत गरेका छन् । सभार ई साझा न्यूज डटकम l

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤