ताजा समाचार

अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीले गर्यो उदाहरणीय कार्य (तस्बिर सहित )

  • फागुन १०, २०७८
  • ७१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु १० फागुन सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाउनु पर्ने आवश्यक देखिन्छ। सोहि अनुरुप मंगलवार अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटीको आयोजनामा सिद्वार्थ क्याम्पसको चोकमा जेब्रा क्रसिङ बनाइएको हो । धैरै भिडभाडका कारण सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको सिद्वार्थ क्याम्पस चौकमा जेब्रा क्रसिङ बनाएको अनेरास्ववियु कपिलवस्तुका संंयोजक दयाराम पौडेलले बताउनुभयो।

अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरीले विद्यालय, बजार क्षेत्र र धेरै भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउदै सडक डिभिजन कार्यालय र सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको बताए। जेब्रा क्रसिङ निर्माण भएपछि दुर्घटना न्युनिकरणमा सघाउ पुग्ने विश्वास रहेको उनले बताए। चौकमा जेब्रा क्रसिङ निर्माण गर्दै उनले भने , ‘पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्युनिकरण गर्न जेब्रा क्रसिङले ठुलो मद्दत पु¥याउने विश्वास लिएको बताए ।

गिरीले जिल्लामा रहेको स्थानीय तहहरुको मुख्य बजारमा रहेको चोकचोकमा र राजमार्गमा पर्ने विभिन्न चोकमा जेब्रा क्रसिङ निर्माण गर्न सडक डिभिजन कार्यालयलाई ध्यानदिन जरुरी रहेको स्पष्ट पारे । त्यसैगरी स्ववियु सचिव तथा अनेरास्ववियु सचिवलय सदस्य दिनेश चौधरीले जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउनु पर्ने बताए । ट्राफिक प्रहरीलाई योजना ल्याउनु पर्ने उनले जनाए ।उक्त कार्यक्रममा निजामती कर्मचारी कपिलवस्तुका अध्यक्ष प्रकाश गौतम,अनेरास्ववियु युवा नेता सौरभ भण्डारी , सागर बन्जाडे , अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटी उपाध्यक्ष केशव खनाल,अनेरास्ववियुका युवा नेता सन्दिप आचार्य ,विकास भुषाल,युवा तथा सामाजिक अभियान्ता असिम भट्टराई ,मधुसूदन भुषाल, अस्थाई ट्राफिक पोष्ट पिपराका प्रमुख नारद कार्की लगायतले विद्यार्थीले उदाहरणीय कार्य गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ का तीन विद्य ...

ओम प्रकाश यादव लहान, ९ मंसिर । सिरहाको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिक ...

गोलबजारमा लैङ्गिक हि ...

सिरहा मंसिर, ९ । “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य ...

लहानमा स्वच्छता अभिय ...

ओम प्रकाश यादव लहान मंसिर ९। सिरहाको लहानमा सञ्चालन भइरहेको स्वच्छता अभियानअन्तर्गत आम नागरिकलाई शौच ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤