दाईजो प्रथालाई चुनौती दिँदै चौरसियाले गरे आदर्श विवाह

  • फागुन १०, २०७८
  • १४२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १० फागुन, तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै पर्सा जिल्लामा एक जोडीले आदर्श विवाह गरेका छन् । वीरगंज स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि.का जिएम हरेराम चौरसियाले वीरगंज वडा नं. ४ निवासी दिव्या चौरसिया सँग वीरगंजमा एक कार्यक्रमका बीच हिन्दू परम्पराअनुसार विवाह गरेका छन् । पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ हाल वीरगंज महानगरपालिका वडा नं. २४ रानीघाट स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि. वीरगंजका सञ्चालक एवं समाजसेवी सत्रुध्न प्रसाद चौरसियाका छोरा हरेराम चौरसिया र वीरगंज महानगरपालिका वडा नं. ४ लक्ष्मीनगर टोल बस्ने यादवलाल चौरसियाका छोरी दिव्या चौरसिया सँग फागुन ६ गते वैवाहिक बन्धनमा बाँधिएका हुन् । मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर संजिव कुमार रायले बताए । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् । एक प्रा.लि.का सञ्चालक चौरसियाले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका बुवा यादवलाल चौरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस

शाहले समाजिक रुपान्त ...

कपिलवस्तु , फल्गुन १  । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप श ...

बोदेबरसाईन–७ मा नेपा ...

लहान फाल्गुन ०१ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बोदेबरसाईन नगरपालिका वडा नम्बर&ndas ...

सप्तरीमा उपेन्द्र या ...

ओम प्रकाश यादव लहान, २८ माघ । मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र राज्यबाट भएको उपेक्षालाई मुख् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१