दाईजो प्रथालाई चुनौती दिँदै चौरसियाले गरे आदर्श विवाह

  • फागुन १०, २०७८
  • १४०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १० फागुन, तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै पर्सा जिल्लामा एक जोडीले आदर्श विवाह गरेका छन् । वीरगंज स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि.का जिएम हरेराम चौरसियाले वीरगंज वडा नं. ४ निवासी दिव्या चौरसिया सँग वीरगंजमा एक कार्यक्रमका बीच हिन्दू परम्पराअनुसार विवाह गरेका छन् । पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ हाल वीरगंज महानगरपालिका वडा नं. २४ रानीघाट स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि. वीरगंजका सञ्चालक एवं समाजसेवी सत्रुध्न प्रसाद चौरसियाका छोरा हरेराम चौरसिया र वीरगंज महानगरपालिका वडा नं. ४ लक्ष्मीनगर टोल बस्ने यादवलाल चौरसियाका छोरी दिव्या चौरसिया सँग फागुन ६ गते वैवाहिक बन्धनमा बाँधिएका हुन् । मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर संजिव कुमार रायले बताए । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् । एक प्रा.लि.का सञ्चालक चौरसियाले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका बुवा यादवलाल चौरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१