ताजा समाचार

ज्योति विकासमा १ खाता ३ सुविधा

  • फागुन ७, २०७८
  • १२५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ७ फागुन । ग्राहकहरुलाई विशेष सुविधाका साथ ज्योति विकास बैंक लि.ले लहानमा फागुन ४ गते शाखा सँचालनमा ल्याएको छ । संचालनमा आएका यस बैंकले १ खाता ३ सुविधा अन्तरगत बचत, डिम्याट र मेरो शेयर शाखाबाट सुविधा उपलब्ध गराएको छ । लहान लगातय यस बैंकको देशभरी १ सय ५ शाखा रहेको छ । बैंकले रु.जिरो प्रतिशतमा खाता खोल्न व्यवस्था गरेको छ । योसँगै जिरो मौज्दातमै क्यूआर कोड, डलर कार्ड जारी गर्दा शुल्क नलाग्ने, कर्जा सेवा शुल्कमा जिरो दशमलव २५ प्रतिशत छुटको व्यवस्था गरिएको लहान शाखाका प्रमुख संजय अचार्यले बताए । योसँगै निःशुल्कमा डेविट कार्ड, डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन शुल्क, मोबाइल बैंकिँग र इन्टरनेट बैंकिँग सेवा उपलब्ध छ । चल्ती खाता खोल्नको लागि ग्राहकहरुलाई न्यूनतम मौज्दात आवश्यक नपर्ने । सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक । मासिक व्याज भुक्तानीका साथै लकर सुविधा रहेको छ । फिक्स डिपोजिटमा ११ दशमलव ५५ रुपैयाँ ब्याजको सुविधा रहेको कर्जा इन्चार्ज सन्तोषकुमार मण्डलले बताए । लहानको सहिद चौकमा संचालनमा आएको सो बैंकको उद्घाटनकै दिन दर्जनौले खाता खोलेको बैंकका सागर मिश्रले बताए । सेवामुखी बैंकले ग्राहक उत्साहित छ ।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤