ज्योति विकासमा १ खाता ३ सुविधा

  • फागुन ७, २०७८
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ७ फागुन । ग्राहकहरुलाई विशेष सुविधाका साथ ज्योति विकास बैंक लि.ले लहानमा फागुन ४ गते शाखा सँचालनमा ल्याएको छ । संचालनमा आएका यस बैंकले १ खाता ३ सुविधा अन्तरगत बचत, डिम्याट र मेरो शेयर शाखाबाट सुविधा उपलब्ध गराएको छ । लहान लगातय यस बैंकको देशभरी १ सय ५ शाखा रहेको छ । बैंकले रु.जिरो प्रतिशतमा खाता खोल्न व्यवस्था गरेको छ । योसँगै जिरो मौज्दातमै क्यूआर कोड, डलर कार्ड जारी गर्दा शुल्क नलाग्ने, कर्जा सेवा शुल्कमा जिरो दशमलव २५ प्रतिशत छुटको व्यवस्था गरिएको लहान शाखाका प्रमुख संजय अचार्यले बताए । योसँगै निःशुल्कमा डेविट कार्ड, डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन शुल्क, मोबाइल बैंकिँग र इन्टरनेट बैंकिँग सेवा उपलब्ध छ । चल्ती खाता खोल्नको लागि ग्राहकहरुलाई न्यूनतम मौज्दात आवश्यक नपर्ने । सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक । मासिक व्याज भुक्तानीका साथै लकर सुविधा रहेको छ । फिक्स डिपोजिटमा ११ दशमलव ५५ रुपैयाँ ब्याजको सुविधा रहेको कर्जा इन्चार्ज सन्तोषकुमार मण्डलले बताए । लहानको सहिद चौकमा संचालनमा आएको सो बैंकको उद्घाटनकै दिन दर्जनौले खाता खोलेको बैंकका सागर मिश्रले बताए । सेवामुखी बैंकले ग्राहक उत्साहित छ ।

 

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

जसपा नेपाल लहानद्वार ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१