Siraha Times
ताजा समाचार

क्यालिब्रेशन फ्लाइटका लागि आइपुग्यो एरो थाईको विमान

  • फागुन ५, २०७८
  • ७६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बुटवल । क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान बिहीबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । थाइल्याण्डबाट सिँधै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण भएको हो । पाइलट, कोपाइलट, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । विमानले शुक्रबारदेखि क्यालिब्रेशन फ्लाइट गर्ने छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ । क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ । त्यसपछि परीक्षण उडान हुनेछ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको थियो । एरो थाईको विमान थाइल्याण्डबाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमनको व्यवस्था नभएकाले काठमाडौं अवतरण गरी भैरहवा ल्याइएको हो ।

क्यालिब्रेशन फ्लाइट हुने भएपछि अन्य नियमित उडान भने नियमित समयभन्दा केही ढिला हुने विमानस्थलका महाप्रबन्धक दाहालले बताए । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ ।जसले गर्दा फागुन ६ गतेदेखि १५ गतेसम्म उडान तथा अवतरण समय ढिलो हुनसक्ने भएको हो । १० दिनसम्म क्यालिब्रेशन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार नै व्यावसायिक उडानको मितिसमेत तय गरेको छ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार आगामी बुद्ध जयन्ती अर्थात् जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु गरिने छ । व्यावसायिक उडानका लागि एक समिति समेत गठन गरिएको छ । समितिले व्यावसायिक उडानको समय तय गर्ने कर्णले बताए । त्रिभुवन विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाइ ६० मिटर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१