ताजा समाचार

शान्ती सुरक्षा लगायत सीमामा निगरानी बढाउन प्रहरी उपरीक्षक देउवाको निर्देशन

  • फागुन ४, २०७८
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया बारा, ४ फागुन / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जिल्ला भित्र रहेका सबै प्रहरी चौकिका प्रमुख लगायत कर्मचारीहरूलाइ शान्ती सुरक्षाको साथ साथै सीमा नाकामा समेत निगरानी बढाउन निर्देशन दिनु भएको छ । उहाले यस अनलाइनका सम्वाददाता सङ्ग कुरा गर्दै आफ्नो संगठनको नीति निर्देशन अनुसार हिडने आफ्नो मातहात रहेका प्रहरीलाई निर्देशन दिइएको बताउनु भएको हो । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण सङ्ग समन्वय गर्दै शान्ती सुरक्षाको साथ साथै सीमा नाकामा निगरानी बढाउन निर्देशन दिएको प्रहरी उपरीक्षक देउवाले जानकारी दिनुभयो । उहाले बारा जिल्लाको मुख्य नाकाको रूपमा चिनिने मटिअर्वा लगायत सबै नाकामा निगरानी बढाउन निर्देशन दिइएको बताउनु भयो । नेपाल सरकारले निर्वाचनको मिति तय गर्नसाथ सीमा लगायत जिल्लाको भित्री भेगमा समेत निगरानी बढाइएको प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जानकारी दिनुभयो । जिल्लामा कुनै किसिमको अपराधी क्रियाकलाप हुन नदिन वाचा गर्दै अगामी हुने निर्वाचनको सुरक्षा नीति अनुरूप निर्देशन दिइएको, उनले बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤