ताजा समाचार

बाल बालिका माथि हुने हिंसाको रिपोर्टिंग सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

  • फागुन ३, २०७८
  • १६९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन, ३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हालमा बालबालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रिपोटिंग सम्बंधि निर्देशिका निर्माण गर्न विद्यालय र स्वास्थ्य क्षेत्रका सरोकार वाला हरू बिच छलफल कार्यक्रम समपन्न भएको छl कार्यक्रमको अध्यक्षता श्री राष्ट्रीय आधारभूत विद्यालय (१-५) सरफरका प्रधानाध्यापक प्रहलाद पाण्डेय, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक बलराम पन्थी रहनुभयोl कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत बाल बालिका माथि विभिन्न क्षेत्रमा हुन सक्ने संभावित हिंसाका घटना बारेमा अनिवार्य रिपोर्टिंग सम्बंधि जानकारी, नगरपालिकाले समेत यस क्षेत्रमा दूरगामी सोच राखेर बाल बालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रूपमा रिपोर्टिंग गर्न संयन्त्र निर्माण गरि योजना निर्माण गर्नुपर्ने बताउनुभयोl

कार्यक्रममा प्रशिक्षकका रुपमा रहनु भएका अधिवक्ता राजु श्रीवास्तवले बाल बालिकाको परिभाषा, यौनिकताको परिचय, हिंसाका प्रकारहरू, कार्यस्थलमा हुन सक्ने हिंसा,कानुनी आधार, कानुनी उपचार, उजुरी कसरी र कहां दिने लगायत अन्य बिषयमा बताउनुभयोl कार्यक्रममा सहभागी हरूले विभिन्न क्षेत्रमा बालबालिका माथि हुन सक्ने संभावित हिंसा हरूको बारेमा अवगत गराइएको र अन्य बिषयमा कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा वृहत क्षलफल भएको थियो l कार्यक्रममा शिक्षक, स्वास्थय कर्मी, पत्रकार, प्रहरी लगायत अन्यको सहभागिता रहेको थियोl कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤