Siraha Times
ताजा समाचार

सशस्त्र प्रहरीका डिआइजी मगरको कडा एक्सनले तस्कर लगायत लागू औषध कारोबारी हैरान

  • फागुन २, २०७८
  • १६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश दुबे बारा, २ फागुन / सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरको कडा निर्देशनले सीमा वारि पारी गर्ने तस्कर समूह लगायत लागू औषध कारोबारीका साथ साथै अबैध कारोबारीहरू समेत हैरान भएका छन । सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले चालेको कडा कदमका कारण तस्कर गिरोहका आफ्न्तहरूमा समेत खलबली मचेको हो । २ नम्बर बाहिनीमा डिआइजी मगरको आग्मन हुनासाथ प्रदेशको विभिन्न जिल्लाबाट हुने अबैध क्रियाकलाप पूर्ण रूपले बन्द नभएपनी कमि आएको जिल्लावासीले दाबी गर्न थालेका छन । मगरको आग्मन अगाडी हुँदै आएको लागू औषध कारोबारमा हालको समयमा कमि आएको सशस्त्र प्रहरी बल नेपालको रेकर्डबाट प्रमानित हुन्छ । डिआइजी गणेश ठाडा मगरको कार्यकालमा ३२ करोड भन्दा बढीको अबैध सामान भान्सार दाखिला गर्न सफल भइएको सशस्त्र प्रहरी बल नेपालको रेकर्डबाट प्रमानित भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले ८ वट्टै जिल्लाहरूबाट गत आर्थिक बर्ष भन्दापनी यस आर्थिक बर्षमा बढी राजस्व उठाउन सफल भएको छ । अबैध समान भान्सार दाखिला ३१ करोड ९० लाख ८३ हजार ७ सय १७ बराबर गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीले जनाएको हो । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार अबैध चौपाया भन्सार दाखिला करीब १ करोड ४ लाख ८१ हजार १ सय ९० बराबर गरिएको छ भने अबैध काठ २ हजार ९ सय ९० क्युफिट करीब १ करोड १ लाख ५६ हजार १ सय ७२ मूल्य बराबरको दाखिला गरेको बताए । उनका अनुसार विभिन्न लागू औषध २० हजार २ सय ८२ पिस बरामद गरिएको छ भने लागू औषध गाजा १ हजार ४ सय ९५ किलोग्राम बरामद गरिएको बताए । लागू औषध गाजा मात्रै बरामद गरिएको छैन, ६० बिघा ७ कठ्ठा १० धुरमा लगाइएको गाजा खेती समेत नस्ट गरिएको उनले दाबी गरे ।

त्यस्तै सुन चान्दी करीब ८ लाख ५५ हजार ७ सय ४० मूल्य बराबरको बरामद गरिएको छ भने अबैध मुद्रा ९२ लाख १० हजार ४ सय ४५ बरामद गरिएको डिआइजी मगरले जानकारी दिनुभयो । उहाका अनुसार मधेस प्रदेशको विभिन्न जिल्लाहरूमा जाली नोटको कारोबार हुँदै गरेको सूचनाको अधारमा ४ लाख १३ हजार बराबर जाली नोट बरामद समेत गरिएको बताए । उहाले सशस्त्र प्रहरी बल नेपाल मात्र तस्करीको मालसमानमा मात्रै सिमित नरही चेली बेटि बेच बिखनमा फसिएको २३ जनालाइ उदार गरिनुको साथै ४ नाल हतियार समेत बरामद गरिएको बताए । हालसम्म विभिन्न अबैध समानका साथ साथै हतियार लगायत लागू औषध मुदामा १ सय १३ जनालाइ नियन्त्रणमा लिनुको साथै ६ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । उहाले सशस्त्र प्रहरी बल नेपालले बोकेको जिम्मेवारीलाई सफलता पूर्वक काम गरिरहेको ठोकुवा गर्नुभयो । मधेस प्रदेशको ८ वट्टै जिल्लाहरूमा निगरानी बढाउन निर्देशन दिनुको साथै आफै सीमा नाकाहरूमा पुग्ने गरेको बताए । आफ्नो संगठनको नीति निर्देशन विपरीत कुनै किसिमको काम कारवाही नगर्न गराउन आफ्नो मातहात रहेका सबै गणपती लगायत बिओपीपतिहरूलाइ आदेश दिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१