सशस्त्र प्रहरीका डिआइजी मगरको कडा एक्सनले तस्कर लगायत लागू औषध कारोबारी हैरान

  • फागुन २, २०७८
  • १५२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश दुबे बारा, २ फागुन / सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरको कडा निर्देशनले सीमा वारि पारी गर्ने तस्कर समूह लगायत लागू औषध कारोबारीका साथ साथै अबैध कारोबारीहरू समेत हैरान भएका छन । सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले चालेको कडा कदमका कारण तस्कर गिरोहका आफ्न्तहरूमा समेत खलबली मचेको हो । २ नम्बर बाहिनीमा डिआइजी मगरको आग्मन हुनासाथ प्रदेशको विभिन्न जिल्लाबाट हुने अबैध क्रियाकलाप पूर्ण रूपले बन्द नभएपनी कमि आएको जिल्लावासीले दाबी गर्न थालेका छन । मगरको आग्मन अगाडी हुँदै आएको लागू औषध कारोबारमा हालको समयमा कमि आएको सशस्त्र प्रहरी बल नेपालको रेकर्डबाट प्रमानित हुन्छ । डिआइजी गणेश ठाडा मगरको कार्यकालमा ३२ करोड भन्दा बढीको अबैध सामान भान्सार दाखिला गर्न सफल भइएको सशस्त्र प्रहरी बल नेपालको रेकर्डबाट प्रमानित भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलिले ८ वट्टै जिल्लाहरूबाट गत आर्थिक बर्ष भन्दापनी यस आर्थिक बर्षमा बढी राजस्व उठाउन सफल भएको छ । अबैध समान भान्सार दाखिला ३१ करोड ९० लाख ८३ हजार ७ सय १७ बराबर गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीले जनाएको हो । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी प्रमुख डिआइजी गणेश ठाडा मगरका अनुसार अबैध चौपाया भन्सार दाखिला करीब १ करोड ४ लाख ८१ हजार १ सय ९० बराबर गरिएको छ भने अबैध काठ २ हजार ९ सय ९० क्युफिट करीब १ करोड १ लाख ५६ हजार १ सय ७२ मूल्य बराबरको दाखिला गरेको बताए । उनका अनुसार विभिन्न लागू औषध २० हजार २ सय ८२ पिस बरामद गरिएको छ भने लागू औषध गाजा १ हजार ४ सय ९५ किलोग्राम बरामद गरिएको बताए । लागू औषध गाजा मात्रै बरामद गरिएको छैन, ६० बिघा ७ कठ्ठा १० धुरमा लगाइएको गाजा खेती समेत नस्ट गरिएको उनले दाबी गरे ।

त्यस्तै सुन चान्दी करीब ८ लाख ५५ हजार ७ सय ४० मूल्य बराबरको बरामद गरिएको छ भने अबैध मुद्रा ९२ लाख १० हजार ४ सय ४५ बरामद गरिएको डिआइजी मगरले जानकारी दिनुभयो । उहाका अनुसार मधेस प्रदेशको विभिन्न जिल्लाहरूमा जाली नोटको कारोबार हुँदै गरेको सूचनाको अधारमा ४ लाख १३ हजार बराबर जाली नोट बरामद समेत गरिएको बताए । उहाले सशस्त्र प्रहरी बल नेपाल मात्र तस्करीको मालसमानमा मात्रै सिमित नरही चेली बेटि बेच बिखनमा फसिएको २३ जनालाइ उदार गरिनुको साथै ४ नाल हतियार समेत बरामद गरिएको बताए । हालसम्म विभिन्न अबैध समानका साथ साथै हतियार लगायत लागू औषध मुदामा १ सय १३ जनालाइ नियन्त्रणमा लिनुको साथै ६ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । उहाले सशस्त्र प्रहरी बल नेपालले बोकेको जिम्मेवारीलाई सफलता पूर्वक काम गरिरहेको ठोकुवा गर्नुभयो । मधेस प्रदेशको ८ वट्टै जिल्लाहरूमा निगरानी बढाउन निर्देशन दिनुको साथै आफै सीमा नाकाहरूमा पुग्ने गरेको बताए । आफ्नो संगठनको नीति निर्देशन विपरीत कुनै किसिमको काम कारवाही नगर्न गराउन आफ्नो मातहात रहेका सबै गणपती लगायत बिओपीपतिहरूलाइ आदेश दिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१