सारस्वरमा इस्लामियाँ सल्फिया द्वारा संचालित फुटवल प्रतियोगिताको फाईनल खेलमा कल्याणपुर बिजय

  • फाल्गुन १, २०७८
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ सारस्वरमा आयोजना गरिएको समाज कल्याण परिषद आव्बदता नम्बर ४९६१७ ,इस्लामियाँ सल्फिया द्वारा संचालित पहिलो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल खेलमा सप्तरीको कल्याणपुरले जीत हाथ पारेका छन । आज शनिबार आयोजना गरिएको फाइनल खेलमा सिस्वा र कल्याणपुरको बीच भिडन्त भएको आयोजक समितिले बताएका छन। कल्याणपुर र सिस्वाको बिच भएको खेलमा कल्याणपुर टिमका खेलाडी बिश्वास रायले गरेको गोल नै निर्णयक बनयो । समाज कल्याण परिषद आव्बदता नम्बर ४९६१७ ,इस्लामियाँ सल्फिया द्वारा संचालित पहिलो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल खेलमा खेलकुद समितिको अध्यक्ष मोहम्मद याकुवको अध्यक्षता भएको थियो । फाइनल खेलको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे । यस कार्यक्रमको अतिथिहरुमा वडा अध्यक्ष अनोज कुमार यादव , दिगम्बर प्रसाद यादव , सुनित कुमार यादव , जयराम साह , मो मजेबुल रहमान सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई उध्घोसक गर्दै चन्द्रा नमूना मा बिधालयको शिक्षक जितेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो । उक्त प्रतियोगिताको उद्घाटनमा माध्यमिक बिधालय सारस्वरका बिद्यार्थीहरु द्वारा दुइटै टिमका खेलाडीहरुलाई स्वागत गरेको थिए । आज भएको फाइनल खेलमा कल्याणपुर र सिस्वाको बीच भएको खेलमा सिस्वा विरुद्ध कल्याणपुर टिमले ३ गोलले जित हात पार्न सफलभएको छ । सो फुटबल प्रतियोगिताका प्रमुख अतिथि नगर प्रमुख आतेश कुमार सिंह यादवले विजेता टिम कल्याणपुर लाई नगद चालिस हजार एक सय पच्चवन रूपैयाँ , ट्रफी र उप विजेता टिम सिस्वालाई खेलकुद समितीको अध्यक्ष मोहम्मद याकुवले नगद पचिस हजार एक सय पच्चवन रूपैयाँ , ट्रफी प्रदान गरेको छ ।

यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर माध्यमिक बिधालय सारस्वरको खेलमैदानमा देखिएका छन् । खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ । खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको छन् । आयोजनक टिमलाई बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ शत्रुध्न चौकमा रहेको नाईमा हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर प्रा लिमिटेडले मास्क र आवश्यक औसधिको व्यवस्था र सहयोग गरेको यस हेल्थ केयरको संचालक डा फियाजले बताए ।

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१