कपिलवस्तुमा मोटरसाईकल चोरी नियन्त्रण विशेष अभियान सुरु

  • माघ २७, २०७८
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत / कपिलवस्तु जिल्लाका विभिन्न स्थानहरुमा पार्किङ गरिेहेको अवस्थामा मोटरसाईकलहरु चोरी हुने घटनाहरुमा केहि दिनयता बृद्दी भैरहेकोले मोटरसाईकल चोरी हुनबाट बचाउन निम्न उपायहरु अपनाउनु होस । पार्किङ गर्नुपर्ने भएमा अनिवार्य हेन्डल लक गर्नुहोस् । आफ्नो मोटरसाईकल लक गर्न भुल्दै नभुल्नुहोस् । हेन्डल लक नै मोटरसाईकल सुरक्षाको पहिलो कदम हो। सकेसम्म व्यवस्थित पार्किङ भएको स्थानमा मोटरसाईकल राख्नुहोस्। पार्किङ नभएको ठाउँमा मोटरसाईकल राख्दा सकेसम्म नियमित मानिसहरुको आवतजावत हुने वा नजर पर्ने ठाउँ ( पसल, होटल अगाडी) मा राख्नुहोस् । लामो समयसम्म जथाभावि वा आफ्नो नजर नपुग्ने स्थानमा पार्किङ गरि नछोड्नुहोस् । सम्भव भएसम्म टोल, समुदाय वा घरमा CCTV राख्नुहोस्। सम्भव भएसम्म CCTV भएको स्थानमा मात्र पार्किङ गर्नुहोस्। मोटरसाईकलका कागजातहरु कहिल्यैपनि मोटरसाईकलको डिकीमा नराख्नुहोस (यदि चोरी हुन गएमा कागजात समेत सँगै जाने गरेको देखिएको घरमा रातको समयमा मोटरसाईकल राख्नुपर्दा सम्भव भएसम्म मोटरसाइकललाई पिल्लर वा केहि भारि/गह्रौँ वस्तुसँग फलामको साङलोले बाँधी अड्याउनुहोस् वा पछाडिको चक्कामा लाग्ने लक प्रयोग गर्नुहोस्। आजभोलि सवारीसाधन चोरी नहोस भन्ने उद्देश्यले 'साईरन' (अनाधिकृत व्यक्तिले छुँदा बज्ने प्रविधी) जडान गर्ने प्रणालिको विकास भैसकेको हुनाले सम्भव भएसम्म साईरन जडान गर्नुहोस ।

सम्भव भएसम्म आफ्नो सवारीमा GPS लगाउनुहोस्। यसले चोरी भईहालेको खण्डमा सवारीलाई ट्रयाकिङ गर्न मद्दत गर्दछ । मोटरसाईकलमा १ वा सो भन्दा बढि लक सिस्टम राख्नुहोस्। मोटरसाईकल पार्किङ गर्दा सम्भव भएसम्म खोल(कभर) ले छोप्नुहोस्। यसो गर्दा तपाँईको सवारीमा चोरी संलग्न व्यक्तिको झट्ट नजर नपर्न सक्छ कुनै हर्कत भएमा सजिलै थाहा पाउन सकिन्छ। रातको समयमा घरमा पार्किङ गर्दा बत्ती( लाईट) को व्यवस्था गर्नुहोस् । रातको समयमा पार्किङ गर्दा निकालिदिनुहोस्। यसले चोरी नियन्त्रणमा केहि हदसम्म सहयोग पुग्दछ। चोरीका सवारीहरू अन्य थप अपराधहरू( चोरी, लुटपाट, तस्करी, तथा जघन्य अपराध) गर्न प्रयोग भइरहेको छ। आफ्नो मोटरसाईकलको सुरक्षा गरेर तपाईंले यी अन्य अपराधहरूलाई कम गर्न मद्दत गर्न सक्नुहुन्छ। मोटरसाईकल चोरीको नियन्त्रणको लागि हामीले गरिरहेका कार्यहरु मोटरसाईकल वा अन्य चोरीमा संलग्नहरुको पहिचान, अवरोध र पक्राउ गर्न नियमित चेकजाँचहरु (अपरेशनहरु) भैरहेको। विशेषगरी सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा रहेको पार्किङमा CCTV राख्न पहल गरिएको । मोटरसाईकल चोरी नियन्त्रणको लागि सबै प्रहरी कार्यालयहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नागरिकमा सचेतनामूलक कार्यक्रम मार्फत सजग गराईएको। चोरी हुने जोखिमको बारेमा सचेतना जगाउन र सवारी धनिहरुलाई उनीहरूको सवारी अझ राम्रोसँग सुरक्षित गर्न दीर्घकालीन उपायहरु अपनाउन लागि 'समुदाय प्रहरी साझेदारी' कार्यक्रम मार्फत दैनिक करिब २०० जनालाई सजग गराउने लक्ष्यसाथ प्रहरी कार्य गरिरहेको ।

आकस्मिक चेकिङ सम्पन्न मोटरसाईकल चोरीका घटना नियन्त्रणका लागी हिजो कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ७ स्थित भलवाड, जिनुवा, धनेशपुर लगायतका गाउँहरुमा यस कार्यालयबाट प्र नि जगन्नाथ मरासिनीको कमाण्डमा ट्राफिक प्रहरी सहितको २५ जनाको टोलि खटिई आकस्मिक चेकजाँच सम्पन्न गरियो। सो क्रममा २२८ ओटा मोटरसाईकल ४८ ओटा मझौला सवारीसाधन चेकजाँच गरियो। सो क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिईएको छ। त्यस्तै सो चेकजाँचको क्रममा त्यस क्षेत्रमा सञ्चालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन भएको छ ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१