ताजा समाचार

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

  • माघ २६, २०७८
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, २६ माघ / नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा सशस्त्र प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले भारी मात्रामा लागू औषध गाजा बरामद गर्न सफल भएको हो । बिशेष सूचना आउनसाथ डिआइजी गणेश ठाडा मगरको निर्देशनमा खटिएको स्कवाड टोलिले लागू औषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मङ्गलवार राती करिब १०:३० बजेको समयमा खटिएको सशस्त्र प्रहरीको टोलिले लागू औषध गाजा बरामद गरेको हो । बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा खेतको नहर सडकबाट लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद गरिएको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो । बिशेष सूचनाको अधारमा खटिएको स्कवाड टोलिलाइ हेर्नसाथ तस्करहरू फरार भएपनी लागू औषध गाजा बरामद गर्न सफल भएको, उनले बताए । बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤