Siraha Times
ताजा समाचार

काव्या अस्पताल – बिरामीसँग बढी रकम लिएका छैनौं, प्राविधिक त्रुटि

  • माघ २४, २०७८
  • ८९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २४ गते। जनकपुरधाम । काव्या अस्पताल प्रा. लि. ले सामाजिक सञ्जालहरूमा चर्चा चलेको जस्तो बिरामीसँग बढी रकम नलिएको प्रष्ट पारेको छ ।धनुषाको शहीदनगर नगरपालिकाका एक बिरामीको उपचारको क्रममा काव्या अस्पताल प्रा. लि.मा भर्ना गरिएकोमा डिस्चार्ज गर्ने क्रममा बिलिङ प्रक्रियामा प्राविधिक त्रुटि मात्रै भएको र अस्पताल प्रशासन बिरामीसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ । गएको मंगलबार साँझ इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई लिएर आएका व्यक्तिको स्वार्थका कारण नियतवश अस्पतालको बदनाम गराईएको अस्पतालले जनाएको छ । एक्सिडेन्टको केश भएको हुँदा प्रमाणित ल्यावको रिपोर्टलाई मात्रै मान्यता दिने अस्पतालको प्रशासनको निर्णयलाई लिएर बदनाम गराइएको अस्पताल प्रशासनले जनाएको छ ।

के थियो घटना ?

गएको मंगलबार ट्याक्टर दुर्घटनामा परेर घाइते भएका शहीदनगर नगरपालिकाका एक व्यक्तिलाई ट्याक्टर धनी आफैंले बिरामीकै ईच्छा अनुसार काव्या अस्पतालमा भर्ना गर्छन् । भर्नाको प्रक्रिया सकेर सिटी स्क्यान र अन्य अत्यावश्यक परिक्षणको गर्ने क्रममा अस्पतालले सिटी स्क्यान ट्याक्टर धनीकै ईच्छा अनुसार जानकी सिटी सेन्टरबाट गराउँछन् भने अन्य परिक्षणको लागि सरकारले अनुमति प्रदान गरेको ल्याबको रिपोर्टलाई मान्यता दिने बताएपछि विवाद सुरु भएको र नियोजित रूपमा अस्पताललाई बदनाम गर्न खोजिएको अस्पताल प्रशासनको बुझाई छ ।बिरामी उपचार पश्चात् डिस्चार्ज हुने समयमा बिलिङ प्रक्रियामा बेड चार्ज लेख्न छुटेको र एड्समिसन चार्ज दुई ठाउँमा उल्लेख हुन पुगेको समेत अस्पताल प्रशासनले प्रष्ट पारेको छ । यो सँगै अस्पतालले जारी गरेको बिललाई लिएर कुनै किसिमको समस्या रहेमा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ । काव्या अस्पताल जनकपुरधाम र यस वरपरको क्षेत्रको गुणस्तरीय, सुविधासम्पन्न र अत्याधुनिक अस्पताल हो । बिरगंज पछि मधेस प्रदेशमा न्युरो सर्जरी सेवाको सफल सुरुवात गरेको एकमात्र अस्पताल हो ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१