Siraha Times
ताजा समाचार

लुम्बिनीले मदरसा शिक्षा लाई मुलधारमा ल्याउदै संघको ठहर

  • माघ २४, २०७८
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर,कपिलवस्तु ,माघ २४ राष्ट्रीय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा वजेट छुटाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको राष्ट्रीय मदरसा संघ नेपालको ठहर रहेको छ। लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आर्थिक वर्ष २०७८/०७९को वार्षिक कार्यक्रमहरु मध्ये निम्नलिखित विद्यालयहरु लाई उपलब्ध गराउने निर्णय भएकाले उक्त निर्णयमा १३ वटा मदरसाहरु लाई कम्पाउन्डवाल निर्माण कार्यक्रमका लागि अनुदान वितरण गरिएको जस्मा मदरसा अहले सुन्नत फैजाने मुस्तफा नाइमिया प्रा.वि (विजयनगर ५ कपिलवस्तु),फैजुल उलुम मदरसा (मायादेवी ३ कपिलवस्तु),मदरसा दारुलउलूम मोहम्मदिया (मायादेवी २ कपिलवस्तु),मदरसा कुल्लीया सुमइया लिलबनात (मायादेवी ४ कपिलवस्तु),मदरसा नुरुलहुदा अहले सुन्नत प्रा.वि.(रामपुर ४ पाल्पा)

मदरसा दारुलउलूम फैजाने गौशुलवरा(गुलरिया वर्दियां), दारुलउलूम मोइनिया फैजाने गाजी जैशपुर (नेपालगंज १६ बांके),मदरसा अरबिया दारुलहुदा (लु.सां.ना.प ९ रुपन्देही),मदरसा उम्मुल मोमिनीन आयशा अल्सिद्दीकी लिल्बनात इस्लामिया (समरिमाई गाउपलिका ७ रुपन्देही),मदरसा दारुलउलूम (समरिमाई गापा १ रुपन्देही),मदरसा अरबिया अहले सुन्नत (रोहिणी २ रुपन्देही) मदरसा मदिन्तुलवलुम ( प्रतापपुर ७ नवलपरासी),मदरसा अरबिया अजिजीया जियाउलवलुम(रामग्राम नापा २ नवलपरासी),मदरसाहरुमा रु.पांच लाखको दरले रकम विनियोजन गरिएको र दुइ वटा मदरसामा शौचालय निर्माण गर्न सात लाखका दरले बजेट छुट्याएको जसमा अलमदरसतुल इस इस्लामिया नजमुलहुदा (समरी गापा ५ रुपन्देही)‌‌‌तथा मदरसा दारुलहुदा इस्लामीया (मायादेवी ५ रुपन्देही) का मदसराहरुमा लुम्बिनी प्रदेश सरकारले बजेट छुट्टाएको छ। लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां तथा योजना आयोगक सम्पुर्ण पदाधिकारीहरु लाई राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपाली, प्रमुख सल्लाहकार जावेद आलम खां, सदस्यहरु खालिद रशिद, तारिक़ रियाज, मोहम्मद बिराजी,शैख लुकमान अहमद मदनी,नियाज़ देवबन्दी, बाबा मुजम्मील,जाहिद आजाद झण्डानगरी, अब्दुल अजीज,अब्दुल अजिम,प्रेस सल्लाहकार शहबाज खां लगायतले हार्दिक आभार व्यक्त गर्दै छनौटमा परेका सम्पुर्ण मदरसाका प्र.अ.‌तथा उक्त मदरसाका मदरसा व्यवस्थापन समितीहरु १५ दिन भित्र सम्बन्धित समाजिक विकास डिभिजन कार्यलय संग समझौता गरि कार्यान्वयन गर्नु हुन राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुले विनम्र अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस

जब श्रिमान् घरमा किन ...

नविन चौधरी लहान जेष्ठ २७ । अलिकति खेतिपाती, तरकारी बेचेर कमाएको रकमले घरपरिवारको दैनिक जिवनयापन ...

कृष्णनगरबाट कर्तब्य ...

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फर ...

स्थानीयको जनश्रमदान ...

विनोद अविरल,​जेठ २७, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर-१२, कालापानीस्थित ऐतिहासि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१