Siraha Times
ताजा समाचार

आर्थिक लाभभन्दा सेवामुखी ओम पोलिक्लिनिक

  • माघ २४, २०७८
  • १०७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान २४ माघ । ‘डाक्टर साहेव झापा र काठमाण्डौंमा राम्रो पैसा कमाउँथ्यो ।’ ‘मेरो दवावमा आफ्नै समाजमा काममा फर्किएका छन् ।’ ‘छोरा नै हो डाक्टर साहेव’ ‘मेरो स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।’ ‘आफ्नै समाजमा कमै पैसा भएपनि सेवा नै ठूलो धर्म हो ।’ ‘छोरालाई कर गरेर लहानमा क्लिनिक खोल्न लगाए ।’ यो कथन ओम पोलिक्लिनिक एण्ड अर्थो केयरसेन्टर लहानका सँचालकका पिता देवनारायण चौधरीको हो । देवनारायण अगाडि थपे ‘पाँच बर्षदेखि यहाँ सेवा दिएका छन् ।’ ‘यसलाई थप विस्तार गर्न नयाँ भवनमा लगिएको छु ।’‘ डाक्टर साहेवको कमाइले नपुगेपछि अहिले बैंकबाट लोन गरिएको छु ।’‘ त्यतिमात्रै होइन्, भएभरको मैले बचाएको सबै रकम यो नयाँ क्लिनिकमा लगाइदिए ।’‘ जे होस, आफ्नो गाउँठाउँमा सेवा दिएको छ ।’‘ यही नै मेरो लागि ठूलो सम्पती हो ।’ समाजसेवी देवनारायण चौधरी बताउँछन् ।

करिब १० करोडको लागतमा नयाँ भवनमा आज ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर संचालनमा आएको छ । छैठो वर्षमा प्रवेश गरेको सो क्लिनिकका संचालक डा.ओमप्रकाश चौधरीले ‘यहाँ एम्बुलेन्स, सिटीलगायतका साधनवालले कमिशनमा विरामी ल्याइदिन्छु भने गरेपनि म अहिलेसम्म कसैलाई कमिशन दिएका छैन ।’ ‘कमिशन दिन्न पनि’‘गरिब दिनदुखीको लागि बरु निःशुल्क सेवा दिन्छु ।’‘आवश्यक परे औषधी पनि दिन्छु ।’‘यहाँ एक दर्जन डाक्टरले सेवा दिन्छन् ।’‘उहाँहरु पूर्ण सक्षम छन् ।’‘काठमाण्डौ, विराटनगर, धरान तथा भारत अब जानु पर्दैन ।’‘ यहाँ नै सबै सुविधाको व्यवस्था छ ।’‘यसलाई व्यवस्थापन भए हामीलाई पुग्छ ।’‘मेरो गाउँठाउँको सेवा भए पुग्छ ।’ डाक्टर चौधरी बताउँछन् । आज नयाँ भवनमा क्लिनिक सँचालनको लागि उद्घाटनमा लहान ७ का वडाध्यक्ष राकेश गुप्ता, लहान ८ का वडाध्यक्ष विजय महतो पुगेका थिए । उहाँहरुले ‘लहान बजारको मुटुमा संचालन भएको यो क्लिनिकले बाहिर जाने विरामी रोकिने छ बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद् सदस्य दिनेश्वर गुप्ताले ‘लहानमा धेरै स्वास्थ्य प्रतिष्ठानहरु छन् ।’ ‘बेलाबखत तोडफोडको घटना आउँछ ।’तर, पाँच बर्ष भयो यो क्लिनिकमा यस्तो कुनै गुनासो सुनिएको छैन ।’‘अगामि दिनमा पनि सरल, सहुलियत दरमा सेवा दिँदै जानुपर्छ ।’‘आर्थिक लाभ भन्दा सेवामुखी बनाएर चलतीको नाम ओम क्लिनिक हुनुपर्छ ।’ ‘योसँगै लहान नगरपालिकाले शिक्षा स्वास्थ्यमा ठोस योजना ल्याउँनुपर्छ ।’ ‘नगरपालिकाको दायित्व पनि हो ’ बताए । कार्यक्रममा नेपाल पत्रकार महासँघ सिरहाका सभापति मनोज बनैता, पत्रकार जिवछ उदासी शुभकामना मन्तव्य राखेका थिए । यसैगरी शल्यक्रिया तथा ल्याप्रोस्कोपिक सर्जक डा. शैलेन्द्र साह, महिला तथा प्रसुती रोग विशेषज्ञ डा.गिता यादव, नवरात शिशु तथा बाल रोग विशेषज्ञ डा.चन्द्र यादव र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ प्रमोदकुमार दासलगायतले त्यस क्लिनिकमा सेवा दिँदै आएका छन् । त्यसैगरी डाइविटिज, थाइराइड तथा हरमोन रोग विशेषज्ञ डा.सितेशकुमार गोइत, जेनेरल फिजिसियन डा.मनोज सुवेदी र फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.कृष्णाकुमार साहको सेवा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

जब श्रिमान् घरमा किन ...

नविन चौधरी लहान जेष्ठ २७ । अलिकति खेतिपाती, तरकारी बेचेर कमाएको रकमले घरपरिवारको दैनिक जिवनयापन ...

कृष्णनगरबाट कर्तब्य ...

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फर ...

स्थानीयको जनश्रमदान ...

विनोद अविरल,​जेठ २७, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर-१२, कालापानीस्थित ऐतिहासि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१