Siraha Times
ताजा समाचार

माइती नेपाल द्वारा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

  • माघ २३, २०७८
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, माघ २३ मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागी बार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो l कार्यक्रममा शुभकामना मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा वालबालिक शाखा प्रमुख थुमा देवी उपाध्यायले राख्नुभयो l विभिन्न संघ संस्था, प्रहरी, मानव वेचबिखनवाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवी लगायत अन्य सरोकार वाला हरूको बिचमा मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि के कस्ता उपाय हरू अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो l कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयोl कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयोlकार्यक्रम संचालन इश्वरी प्रसाद पौडेल ले गर्नुभयो l

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१