ताजा समाचार

तस्करीको पैसाबाट प्रहरी चौकी प्रसौनीका ईन्चार्ज यादव मालामाल

  • माघ २२, २०७८
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २१ माघ । पर्सा जिल्लाको ग्रामिण क्षेत्र प्रसौनी भाठ्ठा नाकाबाट खुल्लेयाम रुपमा लत्ताकपडा, हाडयेवर, पाडा, भैंसी, किराना सामग्री, पेट्रोलियम पदार्थ लगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । प्रहरी चौकी प्रसौनी भाठ्ठाको क्षेत्रबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरिक्षक श्याम किशोर यादवले तस्करहरु सँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् । प्रहरी चौकीका ईन्चार्जले महिनाको १ लाख देखि ५ लाख सम्म तस्करहरुबाट महिनवारी बुझदै आएको स्रोतको दाबी रहेको छ । रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रबाट तस्करीका साथै लोकल मदिरा भठ्ठीहरु पनि सञ्चालन भईरहेको समाचार स्रोतले जनाएको छ । सो क्षेत्रमा करिब आधा दर्जन मदिराभठ्ठीहरुबाट पनि प्रहरी चौकीका ईन्चार्ज यादवलाई महिनवारी आईरहेको सो चौकीमै कार्यरत्त एक प्रहरीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । प्रहरी नायब निरिक्षक यादवको प्रहरी संगठनमा राम्रो पकड भएकै कारण उनी आफ्नो जिज्यान लगाएर तस्करी गराईरहेको उनले नै हवाला पनि दिदै आएका छन् । सो सम्बन्धमा प्रहरी चौकी प्रसौनीभाठ्ठाका ईन्चार्ज यादवसँग सम्पर्क गर्दा उनले आफ्नो क्षेत्रबाट कुनै पनि सामानको तस्करी नभईरहेको दाबी गरे । यस्ता प्रहरीहरुका कारणले पूरा संगठन नै बदनाम भइरहेको हुनाले यस गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤