Siraha Times
ताजा समाचार

ठगी आरोपमा प्रेस चौतारीका प्रकाश तिवारी पक्राउ

  • माघ २१, २०७८
  • १२९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज, २१ माघ । ठगि गरेको आरोपमा प्रेस चौतारीका प्रकाश तिवारी भनिने पप्पु तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं. १७ अलौं सिर्सिया घर भई वीरगन्ज बस्दै आएका तिवारीले विभिन्न काम गराई दिने प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गरेको आरोपमा बारा जिल्लाको जितपुर स्थित प्रहरीले पक्राउ गरेको हो । विगत लामो समयदेखि पत्रकारिताको आडमा तस्करी, ठगी गर्दै आएका तिवारी विरुद्ध जितपुर सिमरा उप महानगरपालिकामा पर्ने डुमरवाना स्थितकै एक स्थानीयले आफू ठगिएको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जितपुर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनी विरुद्ध इलाका प्रहरी कार्यालयले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान गरि रहेको प्रहरी नायब उपरीक्षक कुँवरको भनाई छ । उनका अनुसार डुमरवानाका एक नागरिकले आफूले तिवारीसँग लिनुपर्ने पैसा नदिएको र बाउन्स चेक दिएको भन्दै उजुरी दिएपछि आवश्यक अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएको बताए । उजुरीकर्ताले १० लाख रकम ठगेको दाबी गरेको छ । तिवारीले एकजनालाई होइन पर्साका अधिकाँश सोझासाझा व्यक्तिलाई विभिन्न बहानामा प्रलोभन देखाई ठगी गर्दै आएको बताइएको छ । तिवारी कुनै पनि सञ्चार प्रतिष्ठानमा आबद्ध नरही पत्रकारको नाममा ठगी एवं तस्करी गर्दै गराउँदै आएको बताइएको छ । वीरगन्जका केही राजनीतिक दलका झोले पत्रकारहरुको सेवा सत्कार गरि पत्रकारको खाल ओढेका तिवारीको वास्तविक अनुहार अहिले देखिएको छ । तिवारीले विगत लामो समयदेखि यस्ताखाले काम गर्दै आएपनि पत्रकारिताको डर त्रास देखाउँदै आएकोले उनी विरुद्ध कसैले उजुरी दिन आँट गरेका थिएनन् । तर डुमरवानाका एक व्यक्तिले उनी विरुद्ध उजुरी दिने वित्तिकै बारा प्रहरीले छानविनको लागि सोमबार नै पक्राउ गरेको थियो । सोमबार पक्राउ परेका तिवारीलाई इलाका प्रहरी कार्यालय जितपुर सिमराले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१