Siraha Times
ताजा समाचार

लुम्बिनी प्रदेश कपिलवस्तु विजयनगरमा कागज उद्योग र मल कारखाना खुल्दै

  • माघ २०, २०७८
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत / माघ / २० कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारी गरिएकाे छ । लुम्बिनी प्रदेश याेजना आयाेगकाे एक टाेलीले बुधबार कागज उद्योग मल कारखाना सञ्चालन गरिने क्षेत्रलाई अनुगमन गरेकाे छ । प्रदेश याेजना आयाेगका उपाध्यक्ष बामदेव क्षेत्री, आयाेगका सदस्य शिव पुजन यादव, स्थानीय नेता, समाजसेवी लगायतकाे टाेलीले उक्त क्षेत्रकाे अनुगमन तथा अवलोकन गरेकाे बताइएकाे छ । विजयनगर गाउँपालिकाकाे वडा नं. ४ मा अवस्थित देउपुराकाे पुर्व सुरई नदीकाे छेउमा रहेकाे जग्गामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खाेल्ने तयारी गरिएकाे याेजना आयाेगले जनाएकाे छ ।

आयाेगका उपाध्यक्ष बामदेव क्षेत्रीले कागज उद्योगका लागि रू. १ करोड रूपैयाँ र मल कारखानाका लागि रू. ५० कराेड रूपैयाँ बजेट विनियोजनसमेत गरिएकाे जानकारी दिए । उनले कागज उद्योग र मल कारखाना सञ्चालनकाे सम्पूर्ण प्रक्रियाकाे साथ तयारीलाई तीव्र रूपा अगाडी बढाइएकाे जिकिर गरे । अनुगमनका क्रममा विजयनगर गाउँपालिका औद्योगिक क्षेत्र विकासका लागि उपयुक्त क्षेत्र रहेकाे उनले बताए । उनले लुम्बिनी प्रदेशलाई नै पर्यटन हबकाे रूपमा विकास गरिने याेजनाका साथ प्रदेश सरकारले तीव्रतासमेत दिएकाे आयाेगका उपाध्यक्ष क्षेत्रीकाे भनाइ छ । यसैबीच याेजना आयाेगका सदस्य शिव पुजन यादवले कपिलवस्तुकाे विजयनगर गाउँपालिका सम्भावित औद्याेगिक क्षेत्र भएकाेले उद्योग र कारखाना स्थापनाका लागि पहल गर्दै आएकाे बताए । उनले कपिलवस्तुकाे विकासका लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेेकाे दाबीसमेत गरे ।

अहिलेकाे सरकार हरेक क्षेत्र विकासका लागि ठाेस र फरक याेजनाका साथ आवश्यक कदम चालेकाे आयाेगका सदस्य यादवकाे भनाइ छ । यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले कागज उद्योग र मल कारखाना स्थापनाका लागि स्थानीय तहबाट हुने आवश्यक सम्पूर्ण प्रक्रिया छिटै पुर्याउने बताए । उनले विजयनगरमा औद्योगिक क्षेत्रकाे रूपमा विकास गर्नका लागि पटक-पटक प्रदेश र केन्द्रीय सरकारकाे आयाेगमा ध्यानाकर्षण गराउँदै पहल गर्दै आएकाे बताए । उनले यी उद्योग सञ्चालन पश्चात् सयाैँ स्थानीय नागरिकहरूलाई राेजगारीकाे अवसर प्राप्त हुने बताए । उनले औद्योगीकरण र आधुनिकीकरण बिना जनता समृद्ध नहुने जिकिर गरे ।

अध्यक्ष थापाले आर्थिक क्रान्ति गर्न औद्योगीकरण हुन आवश्यक रहेकाे बताए । यसै क्रममा जनता समाजवादी पार्टीका युवा नेता रहिश शाहले मधेसमा समान्तीवादीका कारण विकास हुन नसकेकाे बताए । विकासका लागि सबैले एकताबद्ध भई हातेमालो गर्दै जानुपर्नेमा शाहले जाेड दिए । विजयनगर गाउँपालिकामा पर्यटकीय क्षेत्रकाे प्रचुर सम्भावना बाेकेकाे शंकर ताल, कृषि क्षेत्रका लागि उपयुक्त रहेकाे जगदीशपुरकाे सुरई नदी छेउका क्षेत्रसमेत अनुगमन गरिएकाे जनता समाजवादी पार्टी कपिलवस्तुका उपाध्यक्ष राम निवास पुरीले जनाए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१