लागू औषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै महोतरी जिल्ला, सम्बन्धीत निकाय मुखदर्शक

  • माघ २०, २०७८
  • ११३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश दुबे महोतरी, २० माघ / महोतरी जिल्लाको सीमा नाकाहरूबाट खुल्याम तरिकाले लागू औषध गाजाको तस्करी बढिरहेपनी शान्ती सुरक्षाको निम्ति खटिएका प्रहरीहरू मुखदर्शक बन्न पुगेका छन । शान्ती सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीले मासिक रूपमा नजराना नै बुझने गरेको कारण लागू औषध गाजाको तस्करीमा तिब्रता भएको प्रहरी श्रोतले नै जनाएको हो ।महोतरीको विभिन्न नाका हुँदै लागू औषध गाजा तस्करी बढनुको साथै कपडा र गाई गोरूको तस्करीमा समेत तिब्रता भएको स्थानीयले बताएका छन । मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी उमेश रन्जितकार आए दिनदेखी नै तस्करीलाई बढावा दिइएको प्रहरी श्रोतको दाबी रहेको छ ।

स्थानीय प्रहरी श्रोतका अनुसार दर्जनौ लागू औषध तस्कर सङ्ग घुमुवामा खटिने प्रहरीहरू रकम लिसके पश्चात् तिब्र रूपले अगाडी बढेको बताइन्छ । महोतरी जिल्लाको विभिन्न नाका हुँदै लागू औषध कारोबारी हरि मण्डल, लक्षमी चौधरी, सुरेश चौधरी, राम एकबाल साह, पुनित साह, भोला साह सकृय रहेको स्थानीयले जनाएका छन । तर शान्ती सुरक्षामा खटिने प्रहरीहरू नै रकममा लिप्त भएपछी लागू औषधको कारोबारमा बढोत्तरी भएको स्थानीयले आरोप लगाएका छन । एक जना स्थानीयका अनुसार लागू औषधको कारोबार मात्र नभइ कपडा तस्कर श्याम यादव, सुनिल यादव, बाला, बिपिन साह, रन्जित साह, बेचु पटेल, सरिफुल अन्सारीले कपडा तस्करीमा तिब्रता दिएको बताए । यता मधेस प्रदेशका डिआइजी उमेश रन्जितकारको कार्यकालमा महोतरी जिल्लामा २ जना घुमुवा परिचालन गरेको पाइन्छ । प्रहरी सहायक निरीक्षक संजय पाश्वान र प्रहरी जवान राजेश यादवलाइ निगरानी बढाउन सादा पोशाकमा परिचालन गरिएको छ ।

तर उनको काम कारवाही मात्र आर्थिक चलखेल मै सिमित हुने गरेको देखिन्छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको प्रहरी टोलिले बिगत एक हप्ता अगाडी १ सय ६० किलोग्राम लागू औषध गाजा बरामद गरेपनी नेपाल प्रहरीतर्फबाट केही चासो समेत नदेखाइएको प्रष्ट हुन्छ । प्रहरी सहायक निरीक्षक संजय पाश्वान र प्रहरी जवान राजेश यादव लागू औषध तस्कर, कपडा तस्करको साथ साथै गाई/गोरूको तस्करी गर्दै आएका नियाज नामक सङ्ग पनि मासिक लाखौ लिने गरेको कारण गाई/गोरूको तस्करी समेत तिब्र रूपले अगाडी बढेको बताइन्छ । नेपाली जनताको जिउ धनको सुरक्षा ग्यारेन्टी गर्ने नेपाल प्रहरी नै रकममा लिप्त हुनथालेपछी अपराधी क्रियाकलाप बढनुमा कुनै दुइमत नरहेको स्थानीयले ठोकुवा गरेका छन । यस बिषयमा मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी उमेश रन्जितकारलाइ पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठाउन समेत चाहेन्न । प्रहरी प्रमुखकै फोन नउठदा शान्ती सुरक्षा के कसरी भइरहेको बिषयमा आम सर्वसाधारण माझ छर्लङ्ग भएको छ । तसर्थ : यस बिषयमा नेपाल प्रहरी प्रमुखको समेत ध्यानाकर्षण हुन जरूरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१