Siraha Times
ताजा समाचार

सांसद शाहद्वारा कृष्णनगर नगरपालिकाकाे नया भवन समुद्घाटन

  • माघ १६, २०७८
  • ८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , माघ १६ । कृष्णनगर नगरपालिकाकाे आफ्नै भवन निर्माण सम्पन्न भएपछि आज समुद्घाटन गरिएकाे छ । कपिलवस्तु प्रतिनिधि सभा ३ का सांसद अभिषेक प्रताप शाहले चार बर्ष पहिला कृष्णनगर नगरपालिकाकाे भवन शिलान्यास गर्नुभएकाे थियाे ।आफैले शिलान्यास गरेकाे चार तल्ले नवनिर्मित प्रशासनिक भवनकाे समुद्घाटन गर्न पाउँदा नगरप्रमुख रजत प्रताप शाहलाई धन्यवाद दिदै प्रमुख अतिथिसमेत रहनुभएका सांसद शाहले फित्ता काटेर भवन प्रवेश गर्नु भएकाे थिया । कार्यक्रममा सांसदले शाहले आफ्नाे पार्टी नेपाली कांग्रेसकाे सरकारमा गएपछि २८ कराेड रकम कृष्णनगर देखि हरिहरपुरसम्मकाे बाटाे स्तराेन्तिका लागि विनियाेजित गराएकाे जानकारी दिदै संसदीय क्षेत्र र कृष्णनगरका लागि विभिन्न बिकासका याेजनाहरु स्वीकृत गराएकाे बताउनुभयाे । त्यस्तै नगर प्रमुख शाहले चार पुस्तादेखि राजनिति गर्दै आएकाे शाह परिवारले सत्तामा रहे व नरहेपनि आफ्नाे सामर्थ्य अनुरुप जनताकाे सेवाका लागि तत्पर भई कार्य गर्दै आएकाे बताउनुभयाे ।

बि.स २०७३ सालमा तत्कालीन कृष्णनगर लगायत वरपरका गाबिसहरु समावेश भई दाेस्राे पटक नगरपालिका घाेषित गरिएकाे थियाे । स्थानीय तहकाे संरचनाका आधारमा ठुलाे भवनकाे आवश्यकता ओैंल्याउदै नगरपालिकाले केसी कन्ट्रक्सन चन्द्राैटासंग समझाैता गरेपछि निर्माण अघि बढेकाे थिए। कृष्णनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत हाल शिवराज नगरपालिकामा कार्यरत गणेश प्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७४ पछि भवन निर्माण समझाैतालाई निरन्तरता दिएकाले नगरपालिका आज आफ्नाे भवन पाएकाेमा नेतृत्व पंक्तिलाई बधाई दिनुभयाे । राेजगार संयाेजक इश्वरि पाैडेलले संचालन गरेका समुद्घाटन कार्यक्रममा जसपा केन्द्रीय सदस्य रामबरन यादव, रामसेवक यादव,उधाेग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता ,लायन्स क्लबका दिनेशचन्द्र गुप्ता, अजय उपाध्याय लगायत नगरपालिका कार्यपालिका सदस्य वडाध्यक्ष , कर्मचारी र सर्वसाधारणकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस

जब श्रिमान् घरमा किन ...

नविन चौधरी लहान जेष्ठ २७ । अलिकति खेतिपाती, तरकारी बेचेर कमाएको रकमले घरपरिवारको दैनिक जिवनयापन ...

कृष्णनगरबाट कर्तब्य ...

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फर ...

स्थानीयको जनश्रमदान ...

विनोद अविरल,​जेठ २७, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर-१२, कालापानीस्थित ऐतिहासि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१