ताजा समाचार

देशमा भएको रक्त अभावको मद्य्य नजर गर्दै गोलबजारमा सयौं युवाले गरे रक्तदान

  • माघ १६, २०७८
  • १३४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ माघ - स्थानीय चुनावको माग गर्दै सिरहाको गोलबजारमा नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका युवाहरुले प्रदर्शन गरेका छन्।गोलबजारको एबी मलको अगाडि बाट निकालीएको रयाली नगरपालीका भरी परिक्रमा गरी मुख्य चोकमा कोण सभामा परिणत गरेका थिए। राष्ट्रिय युवा संघ नेपालका मधेस प्रदेशका सह इन्चार्ज बैधयनाथ साह र जिल्ला संयोजक जयप्रकाश शर्माको नेतृत्वमा बिरोध कार्यक्रम निकालीएका थिए।कोण सभा संगै प्रमादेश सरकारको प्रधानमन्त्री शेर बहादुर देउवा र भौतिक योजना तथा निर्माण यातायात मन्त्री रेनु यादवकी पुतला दहन गरेकी छिन।

मधेस प्रदेशको सह इन्चार्ज बैधयनाथ साहको अध्यक्षतामा सयौं युवाहरुले रक्त दान गरेका थिए।कोरोना कहरको कारण देशमा हुँदै गरेको रक्तको अभावको मध्य नजर गर्दै देशमा आईपरेको समस्यामा सहयोगको अपेक्षाको भावनाले रक्त दान गरेका थिए।राष्ट्रिय युवा संघका जिल्ला सदस्य बिरेन्द्र सिंह लगायतका सयौं युवाहरुले रक्तदान गरेका थिए। उक्त बिरोध कार्यक्रममा प्रभावशाली नेता शिबशंकर महतो, मधेस प्रदेशको सह इन्चार्ज बैधयनाथ साह,मधेस प्रदेशको सचिब इन्देश राउत,जिल्ला संयोजक जय प्रकाश शर्मा, केन्द्रिय सदस्य सोभा बराल,युवा नेता धर्म राज चौधरी, जिल्ला सदस्य बिरेन्द्र सिंह लगायतका हजारौं युवाहरुको सहभागीता रहेको थियो।

अराजक मन्त्री रेनु यादव लाई ब्रखास्त गर,स्थानीय निर्वाचनको मिति घोषणा गर,पेट्रोलीम पदार्थको मुल्य वृद्धि खारेज गर,किसानहरुलाई खाद्य मल सहरूपमा उपलब्ध गर, लिपुलेक लिम्पियाधुरा कालापानी हाम्रो हो हाम्रो हो,भ्रष्टाचार भन्द गर राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद,नेकपा एमाले जिन्दावाद प्रमादेश सरकार मुर्दाबाद, केपी ओली जिन्दावाद लगायतका नारा घन्काउदै बिरोध रयाली निकालीएका आयोजक कमिटीले जनाए।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤