ताजा समाचार

मुसहर बालिका शिक्षासँगै जीविकोपार्जनतर्फ

  • माघ १६, २०७८
  • १७२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान । सिरहाका मुसहर बालिकालाई शिक्षासँगै जीविकोपार्जनतर्फ उन्मुख गर्न जानकी महिला जागरण समाज(जवास) सक्रिय भूमिका खेल्दै आएको छ । यस थप प्रभावकारी बनाउँन सिरहाको गोलवजार नगरपालिकाको मुसहर बस्तिहरुमा बिहीवार सरोकारवालाहरु स्थलगत रुपले सामुहिक अनुगमन गरिएको छ । योसँगै ब्रेकिङ्ग द बोन्ड र मार्जिनालाईज्ड नो मोर परियोजना अन्तर्गत आसमान नेपालद्वारा संचालित द्रुत सिकाइ कार्यक्रम उत्साहित रहेको छ । जानकी महिला जागरण समाज(जवास) द्वारा संचालित जीवन उपयोगी शिक्षा तथा संरक्षण कार्यक्रम र सहास नेपाल द्वारा संचालित जीविकोपार्जन कार्यक्रमहरुको सरोकारवालाद्वारा अनुगमन गरिएको जानकी महिला जागरण समाज(जवास )का संरक्षण सल्लाहकार प्रेमकुमार सिंहले जानकारी दिए । युके एडको आर्थिक सहयोग तथा स्ट्रीट चाईल्ड अफ नेपालको प्राविधिक सहयोगमा संचालित परियोजनाको अनुगमन टोलीद्वारा गोलबजार नगरपालिकाको वडा नम्बर – ६ को जगतपुर लवटोलिमा जीवन उपयोगी शिक्षा तथा संरक्षण कार्यक्रमद्वारा प्रत्यक्ष लाभान्वित किशोरीसंग प्रत्यक्ष रुपमा भेटघाट गरि छलफल गरेको छ ।

स्कूल नजाने मुसहर समुदायका किशोरीहरुले ६ महिने साक्षरता तथा आधारभुत सिकाई बिधिले जीवनमा अत्यन्तै सकारात्मक परिवर्तन ल्याईएको जगतपुर टोलका एक जना सहभागी बालिका सरस्वती सदाले बताईन् । उक्त टोलको ( किशोरी छलफल केन्द्रमा ) २१ जना किशोरीहरु मध्ये १० जना उमेर (१० देखि १४) बर्ष समुहको किशोरीहरु स्कुलमा भर्ना भएको छ ,भने – ‘११ जना (१५ देखि १८) बर्ष समुहको किशोरीहरु रोजगार गर्न जुटेका छन् ।, त्यस्तै जिविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत गोलवजार नगरपालिकाको वडा नम्बर – ४ ( चोहर्वा) र वार्ड नम्बर – ७ को (धरमपुर) टोलका मुसहर समुदायको किशोरीसंग प्रत्यक्ष रुपमा टोलिले भेटघाट गरेको छ । अण्डा बिक्री तथा अण्डा सेलिङ्ग , किराना पसल , चाउमिन लगायतका व्यवसाय गरीरहेका किशोरीहरुसंग टोलिले गरेको भेटघाटमा कार्यक्रमको उपलब्धी अत्यन्त राम्रो देखिएको हो । उनीहरुले मासिक १५ देखि २० हजार भन्दा बढी आम्दामी गरिरहेको धर्मपुरकी चाउमिन ब्यबसाय गरिरहेको एक जना किशोरी रमिता सदाले बताइन् । १० देखि २५ बर्ष उमेर समुहका मुसहर किशोरीहरुको शिक्षा तथा जीविकोपार्जनमा पहुँच अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम संचालन गरेको स्ट्रीट चाईल्ड अफ नेपालका शिक्षा अधिकृत शम्भु साहले बताएका छन् ।

अनुगमन कार्यक्रममा बालिका तथा समावेशी शिक्षा संजालका पदाधिकारीहरु गोलवजार नगरपालिकाका उप – मेयर रेशम कुमारी थापा , शिक्षा शाखा प्रमुख सुवोध लामा , महिला तथा बालबालिका शाखाका नानी मैया खपाङ्गी , जानकी महिला जागरण समाज (जवास) का जिल्ला संयोजक सन्तोष कर्ण र प्रोटेक्सन एड्भाइजर प्रेमकुमार सिंह , आसमान नेपालका सामुदायिक प्रशिक्षक सिता सदा, सहास नेपालका बित्तीय सल्लाहकार गिता चौधरी , चन्द्र नारायण यादव , नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद् सदस्य तथा बरिस्ठ पत्रकार दिनेश्वरप्रसाद गुप्ता लगायतको सहभागीतामा स्थलगत रुपमा अनुगमन गरिएको हो । उक्त परियोजना मुसहर समुदायमा अत्यन्त प्रभावकारी रहेकोले पुनः निरन्तरता हुनुपर्ने सरोकारवालाले अनुगमन गर्ने क्रममा निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤