ताजा समाचार

आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

  • माघ १४, २०७८
  • ११०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु माघ १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ l उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षता अतिथिमा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारु रहनुभयोl सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियोl १७ जना सहभागी रहेको उक्त तालिममा लक्ष्मी देवी कुवर प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयोl कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो l कार्यक्रम संचालन उद्यम विकास सहजकर्ता विनिता केसी ले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤