ताजा समाचार

तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको नगर प्रमुख शाह द्वारा उद्घाटन

  • माघ १४, २०७८
  • १३१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, अर्घाखाँची, माघ १४ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ अवस्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले गर्नुभयोl शिवराज मिडिया प्रा. लि. को आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा तिन दिने पत्रकारिता तालिम सम्पन्न हने छ l कार्यक्रमको अध्यक्षता शिवराज मिडिया प्रा. का अध्यक्ष मनिष कुमार गुप्ता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष किरण मान बज्राचार्य, अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियार, प्रेस सेन्टरका केन्द्रीय सदस्य मनिष कार्की, प्रेस चौतारी कपिलवस्तु अध्यक्ष जानु पाण्डेय , प्रेस युनियनको उप सभापति खग प्रसाद चापागाई रहनुभयोl

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले कार्यक्रम सफलता को कामना गर्दै समाजमा भएका विकास हरू लाई यथार्थ चित्रण गर्ने पत्रकार हरू जनताको आवाज रहेको बताउदै आफूबाट पत्रकारिता विकासमा हुन सक्ने सहयोग गर्ने बताउनुभयो l तिन दिने आधारभूत फोटो पत्रकारिता तालिममा करिब २० जना सहभागी रहेका छन् l कार्यक्रममा प्रशिक्षकका रूपमा मनोज पौडेल रहेको जानकारी आयोजक ले दिएको छ l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤