गोलबजारको सदाय बस्तिमा अनुगमन , कार्यक्रम प्रभकारी रहेको निष्कर्ष

  • माघ १४, २०७८
  • ११४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १४, माघ । सिरहाको गोलवजार नगरपालिकाको मुसहर बस्तिहरुमा बिहिवार सरोकारवालाहरु द्वारा स्थलगत रुपले सामुहिक रुपमा अनुगमन गरिएको छ । ब्रेकिङ्ग द बोन्ड र मार्जिनालाईज्ड नो मोर परियोजना अन्तर्गत आसमान नेपाल द्वारा संचालित द्रुत सिकाइ कार्यक्रम , जानकी महिला जागरण समाज(जवास) द्वारा संचालित जीवन उपयोगी शिक्षा तथा संरक्षण कार्यक्रम र सहास नेपाल द्वारा संचालित जीविकोपार्जन कार्यक्रमहरुको सरोकारवालाद्वारा अनुगमन गरिएको जानकी महिला जागरण समाज(जवास )का संरक्षण सल्लाहकार प्रेम कुमार सिंहले जानकारी दिनुभएको छ ।

युके एडको आर्थिक सहयोग तथा स्ट्रीट चाईल्ड अफ नेपालको प्राविधिक सहयोगमा संचालित परियोजनाको अनुगमन टोलीद्वारा गोलबजार नगरपालिकाको वडा नम्बर - ६ को जगतपुर लवटोलिमा जीवन उपयोगी शिक्षा तथा संरक्षण कार्यक्रम द्वारा प्रत्यक्ष लाभान्वित किशोरी संग प्रत्यक्ष रुपामा भेटघाट गरि छलफल गरेको छ । स्कुल नजाने मुसहर समुदायका किशोरीहरुले ६ महिने साक्षरता तथा आधारभुत सिकाई बिधिले जिवनमा अत्यन्तै सकारात्मक परिवर्तन ल्याईएको जगतपुर टोलका एक जना सहभागी बालिका सरस्वती सदाले बताईन् । उक्त टोलको ( किशोरी छलफल केन्द्रमा ) २१ जना किशोरीहरु मध्ये १० जना उमेर (१० देखि १४) बर्ष समुहको किशोरीहरु स्कुलमा भर्ना भएको छ ,भने - '११ जना (१५ देखि १८) बर्ष समुहको किशोरीहरु रोजगार गर्न जुटेको छ ।,

त्यस्तै जिविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत गोलवजार नगरपालिकाको वडा नम्बर - ४ ( चोहर्वा) र वार्ड नम्बर - ७ को (धरमपुर) टोलका मुसहर समुदायको किशोरीसंग प्रत्यक्ष रुपमा टोलिले भेटघाट गरेको छ । अण्डा बिक्री तथा अण्डा सेलिङ्ग , किराना पसल , चाउमिन लगायतका व्यवसाय गरीरहेका किशोरीहरुसंग टोलिले गरेको भेटघाटमा कार्यक्रमको उपलब्धी अत्यन्त राम्रो देखिएको हो । उनिहरुले मासिक १५ देखि २० हजार भन्दा बढी आम्दामी गरिरहेको धर्मपुरकी चाउमिन ब्यबसाय गरिरहेको एक जना किशोरी रमिता सदाले बताइन् । १० देखि २५ बर्ष उमेर समुहका मुसहर किशोरीहरुको शिक्षा तथा जीविकोपार्जनमा पहुँच अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम संचालन गरेको स्ट्रीट चाईल्ड अफ नेपालका शिक्षा अधिकृत शम्भु साहले बताएका छन् ।

अनुगमन कार्यक्रममा बालिका तथा समावेशी शिक्षा संजालका पदाधिकारीहरु गोलवजार नगरपालिकाका उप - मेयर रेशम कुमारी थापा , शिक्षा शाखा प्रमुख सुवोध लामा , महिला तथा बालबालिका शाखाका नानी मौया खपाङ्गी , जानकी महिला जागरण समाज (जवास) का जिल्ला संयोजक सन्तोष कर्ण र प्रोटेक्सन एड्भाइजर प्रेम कुमार सिंह , आसमान नेपालका सामुदायिक प्रशिक्षक सिता सदा, सहास नेपालका बित्तीय सल्लाहकार गिता चौधरी , चन्द्र नारायण यादव , नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद् सदस्य तथा बरिस्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ता लगायतको सहभागीतामा स्थलगत रुपमा अनुगमन गरिएको हो । उक्त परियोजना मुसहर समुदायमा अत्यन्त प्रभावकारी रहेकोले पुनः निरन्तरता हुनुपर्ने सरोकारवालाले अनुगमन गर्ने क्रममा निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१