Siraha Times
ताजा समाचार

कपिलवस्तुमा सबैभन्दा धेरै जनसङ्ख्या वाणगंगा र कम विजयनगर गाउँपालिका

  • माघ १३, २०७८
  • १३२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी बिजायनगर १३ माघ २०७८ कपिलवस्तु-सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याँक अनुसनर कपिलवस्तुका १० वाणगंगा नगरपालिका सबैभन्दा बढी जनसङ्ख्या रहेको पालिका भएको छ भने विजय नगर गाउँपालिका सबै भन्दा कम जनसङ्ख्या भएको पालिका बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तुको वाणगंगाको जनसङ्ख्या ९७ हजार १ सय १४ भएको छ भने विजयनगर गाउँपालिकामा ४३ हजार ४ सय ४० पुगेको छ वाणगंगामा महिलाको जनसंख्या ५१ हजार २ सय ९४ रहेको छ भने पुरुषको जनसंख्या ४५ हजार ८ सय २० पुगेको छ । विजयनगरमा २१ हजार ८ सय ७७८ महिलाको महिलाको जनसंख्या २१ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार शिवराज नगरपमलिकाको जनसङ्ख्या ८४ हजार ४ सय ५४ पुगेको छ । शिवराजमा पुरुष भन्दा महिलाको २ हजार २ सय ५८ ले जनसंख्या बढी रहेको छ । शिवराजमा महिलाको जनसंख्या ४३ हजार ३ सय ५६ रहेको छ भने पुरुषको जनसंख्या ४१ हजार ९८ रहेको छ। बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार बुद्धभुमिमा ७७ हजार २ सय ८१ कपिलवस्तु नगरपालिका (८९९६९), कृष्णनगर (७०,९६९), महाराजगंज भद्रपुर (६५,६६८), मायादेवि( ५७ ,१२१)सुद्धोधन ५३४१७, र यसोधरा (४५,१६९) रहेको छ । जनगणना २०७८ अनुसार कपिलवस्तुको जनसङ्ख्या ६लाख ८६ हजार ७ सय ३९रहेको छ । जसमा महिला ३४९१३५ र पुरुष ३३७६०४ रहेको छ । कपिलवस्तुमा लैगिंक अनुपात ९६.७० रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर १.७६ प्रतिशत देखिएको छ भने परिवारको औसत आकार ५.६० रहेको छ ।०६८ सालको जनगणनामा कपिलवस्तुको जनसंख्या ५लाख ७१ हजार ९ सय ३६ थियो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१