Siraha Times
ताजा समाचार

सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमानलाई सम्मान

  • माघ १३, २०७८
  • १६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलबस्तु माघ १३ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सार कार्यालयले सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदातालाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा सुठौली भन्सारले संकलन गरेको रकम मध्ये बढी राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमानलाई सम्मान गरेको हो । भन्सारको चालु आर्थिक वर्षका लागि १ अर्ब ९५ करोड लक्ष्य रहेको छ । ६ महिनाका लागि ९६ लाखको लक्ष्य रहे पनि चालु आर्थिक वर्षको साउन महिना देखि पुस महिना सम्म ८६ लाख ८३ हजार (लक्ष्यको ८९ दशमलव ६३ प्रतिशत) संकलन भएको मध्ये सबै भन्दा बढी राजश्व तिर्ने रहमानी टे«डर्सका संचालक हबिबुल्लाह मुसलमानलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले दोसल्ला ओढाई सम्मान गरेका थिए । दिवसका अवसरमा सुठौलीमा आयोजित कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेयले एउटै जिल्लामा २ वटा ठूला भन्सार कार्यालय हुनु राम्रो कुरा भएको बताउनु भयो । उहाले ३ वर्षअघि स्तरोन्नती गरिएको सुठौली भन्सार कार्यालयका स्तरलाई बढाउँदै लानु पर्ने बताए। उनले सुठौली भन्सारमा यार्ड, धर्मकाटा लगातयका सुविधा तत्कालै बनाउनु पर्ने बताउनु भएको छ ।

भन्सार यार्ड निर्माणका लागि आठ, दश बिघा जमिन आवश्यक पर्ने भएकाले आवश्यक जमिनका लागि पहल गर्न सबैमा अपील गर े। उहाले भारतीय सवारी साधनलाई व्यवस्थित गर्नु पर्ने बताए । कार्यक्रमा सुठोली भन्सारलाई जग्गा दान दिने सोमनाथ चौधरी, व्यवसायी श्रीराम मिश्रा, नासु रणबहादुर बुढा, कार्यालय सहयोगी ओमबहादुर थारु, र प्रथम डिजिटल पेमेन्ट गर्ने दिलीप कहारलाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको थियो । भन्सार स्तरोन्नती अघि सो नाकाबाट दैनिक उपभोग्य सामाग्री र कृषी सामाग्री सामाग्री आयात हुदै आएको थियो । तर अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट, लत्ता कपडा र मेसिनरी सामाग्री आयत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

जब श्रिमान् घरमा किन ...

नविन चौधरी लहान जेष्ठ २७ । अलिकति खेतिपाती, तरकारी बेचेर कमाएको रकमले घरपरिवारको दैनिक जिवनयापन ...

कृष्णनगरबाट कर्तब्य ...

कपिलवस्तु, जेष्ठ २७ । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरले कर्तव्य ज्यान मुद्दाका फर ...

स्थानीयको जनश्रमदान ...

विनोद अविरल,​जेठ २७, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर-१२, कालापानीस्थित ऐतिहासि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१